‘ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्ड नेपाल’ निशान श्रेष्ठलाई



काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदशर्नीमार्ग काठमाडौंमा अध्ययनरत निशान श्रेष्ठ ग्लोवल स्टुडेन्ट इन्टप्रेनुअर अवार्ड नेपालबाट विभुषित भएका छन् । जीएसइए नेपाल प्रतियोगिता नेपाली यूवा उद्यमी मंचको साझेदारीमा इन्टप्रेनुअर्स अर्गनाइजेशन नेपालले आयोजना गरेको हो ।

जीएसइए प्रतियोगिता भर्खर स्नातक गरेका यूवा उद्यमी विद्यार्थीहरुका लागि विश्वव्यापी प्रतिस्पर्धात्मक कार्यक्रम हो । जुन प्रत्येक देशमा आन्तरिक प्रतियोगिताबाट छानिएर जाने एक जना विद्यार्थी उद्यमीले उक्त प्रतियोगिताको विश्व संस्करणमा भाग लिने मौका पाउने गर्दछ ।

विजेता विद्यार्थी श्रेष्ठले नगद पुरस्कार रु. ५० हजारका साथै प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यार्थी श्रेष्ठसंग सम्बन्धित कम्पनी ईको सेल ईण्डष्ट्रिज प्रा.लि.ले उक्त कार्यक्रममा भाग लिएको थियो । सो कम्पनीले नेपालमा भुकम्प प्रतिरोधात्मक, वातावरण मैत्री तथा किफायती निर्माण सामग्रीहरु उत्पादन गर्दै आइरहेको छ ।

सम्मानित श्रेष्ठले सन् २०१६/१७ का लागि फ्रयाङ्कफर्ट जर्मनीमा आयोजना हुने जिएसइए ग्लोवल २०१७ को फाइनल प्रतियोगितामा भाग लिन पाउने छन् । करिव ३७ भन्दा बढी देशका एक हजार सात सय भन्दा बढी विद्यार्थी उद्यमीहरु बीचको उक्त प्रतिस्पर्धात्मक विश्व कार्यक्रममा उनले भाग लिनेछन् । उक्त विश्व प्रतियोगितामा विजयी हुनेले अमेरिकी डलर ४ लाख सहित अन्य पुरस्कार हात पार्नेछ ।


क्लिकमान्डु