पल्सर डेयर भेन्चरको दोस्रो संस्करण सम्पन्न, अर्को संस्करण अाउँदै



काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बितरक एचएच बजाजले बजाज पल्सर डेयर भेन्चरको दाेस्राे संस्करणकाे सफलतालाई उत्सवको रुपमा मनाउदै पुस २३ गते नेपथ्यको कन्सर्ट अायाेजना गरेर समापन गरेको छ ।

समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः राम बिक्रम थापा, बिक्रम केसी र सुदिप श्रेष्ठलाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरियो ।

यस पटक पाँच जना राइडर फाइनलमा पुग्न सफल भएका थिए । पाँच जना राइडरहरुमा सपना गुरुङ, राम बिक्रम थापा, राम भण्डारी, बिक्रम केसी तथा निश्चल पोखरेल रहेका थिए ।

सहभागीहरु मध्ये बिजेता राम बिक्रम थापाले रु.१० लाखका साथमा पल्सर एनएस, उपविजेता बिक्रम केसीले रु.५ लाखका साथमा पल्सर एनएस प्राप्त गरेका थिए भने तेस्रो बिजेता सुदिप श्रेष्ठले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए ।

समापन समारोहको अवसर पारेर बजाजले पल्सरको ‘नाता विश्वासको’ नामक आफ्नो ब्राण्डको नीति झल्काउने नयाँ कर्पोरेट भिडियो पनि सार्वजनिक गरेको थियो ।

समापन समारोहमा एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने ‘हामीले सबै जोशिला पल्सर राइडरहरुलाई सोलुखुम्बुको ताक्सिण्डुसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं । त्यसैले, हामी तपाईँलाई यो विश्वास दिलाउँछौं कि यो नै अन्त्य होईन, यसलाई परिस्कृत गर्दै नेपालको नदेखिएका र थाहा नभएका मनोरम भूभाग देखाउने गरि थप यस्तै कार्यक्रम गर्नेछौं ।’


क्लिकमान्डु