स्काईवर्थले ल्यायो वासिङ मेसिन, डीडी मोर्टस्मा १० बर्ष वारेन्टी




नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नयाँ डिरेक्ट ड्राइभ टेक्नोलोजी भएको स्काईवर्थ वाशिङ्ग मेशिन बजारमा ल्याएको छ ।

डीडी मोटरमा १० वर्षको वारेण्टीका साथ उपलब्ध उक्त वाशिङ्ग मेशिनको मूल्य ८१,००० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । साथै, प्रारम्भिक अफरका रुपमा ३,००० बराबरको राइस कुकर पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सो अफर माघ मसान्त सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । उक्त प्रोडक्ट बजारमा गोल्डेन, सिल्भर र व्हाइट गरी तीन रंगहरुमा उपलब्ध छ ।


क्लिकमान्डु