फस्ट डे फस्ट शो फिल्म हेर्ने बानी अझै छुटेको छैनः प्रबलजंग पाण्डे

प्रबलजंग पाण्डे, युवाउद्धमी २०७३ पुष २३ गते १२:२७ मा प्रकाशित

दिनभरी उद्योग ब्यवसाय जस्ता क्षेत्रमा अलमलिनु हुन्छ, बेलुका घरमा त्यसको चिन्ता हुन्छ ?
म त दिनभरी काम गर्छु । दिउसोको कुरा बेलुका घर पुगेपछि बिर्सन्छु । दिउसोको चिन्ता बेलुका गरेर पनि केही फाइदा छैन । उसै त जति उद्योग बढाउछौं, त्यती नै औषधिको ट्याबलेट खान बढाइ रहेका छौं । त्यसमाथि पनि दिउसोको चिन्ता बेलुका घरमा पनि लिएर गयो भने के होला ? घर पुगेपछि भोलि विहानसम्म कुनै चिन्ता गर्दिनँ । बेलुका ५ बजेपछि भोलि विहान १० बजेसम्म कुनै काम नै हुदैन । विहान ५ बजेपछि भने त्यो दिनको योजना र कार्यबारे सोच्ने गर्छु ।

दिउसोको घटनाले राती निन्द्रा नलागेको कुनै सम्झना छ ?
त्यस्तो भएकै छैन । मैले गल्ती गरेको छैन भने त्यसको भागीदार म हुनुपर्दैन । गल्ती नगर्दा पनि कुनै सयममा कुनै प्रकारको अप्ठेरो आउन सक्छ । तर त्यो अल्पकालमा नै समाधान भैहाल्छ । यसकारण राती आनन्दले सुत्ने हो ।

परिबार नै उद्योग ब्यवसायमा संलग्न छ, बेलुका घरमा उद्योग ब्यवसायकै बारेमा छलफल हुन्छ होला है ?
घरमा छलफलै हुदैन खासगरी । कहाँ यस्तो कुरा हुनु ? आज कुन सिरियल आउछ, नयाँ कुन फिलिम रिलिज हुदैछ, कहिले कहाँ हेर्ने भन्ने जस्ता विषयमा कुराकानी हुन्छ । घरमा उद्योग ब्यवसायको कुरा गरेर कहाँ साध्य हुनु र ? हामी पनि त सामान्य मान्छे हो । कसैले कुन काम गरेको हुन्छ, कसैले कुन काम । हामी उद्योग ब्यवसाय गर्छाैं । जागिर खाने मान्छेको पनि आफ्नो समस्या हुन्छ । समस्यालाई घरमा लिएर आउनु हुदैन । घरमा म मात्रै होइन । मेरो श्रीमती छ, छोरा छ । मेरो श्रीमती जागिर गर्छ । उसका आफ्नै समस्या होला, उसले पनि समस्या ल्याउने, मैले आफ्ना प्रकारका समस्या ल्याउने हो भने त, घर घरको रुपमा रहदैन । समस्याको घर बन्छ ।

गल्ती नै गल्ती छ । म त इन्जिनियरिङ पढ्ने केटा । मेरो बुवाले हेर्ने भनेको इन्ड अफ द डे मेरो मार्कसिट हो । त्योभन्दा अगाडिको घटनाक्रम उहाँले हेर्नुहुन्न । मार्कसिट राम्रो बनाउनु पर्छ भन्ने मलाई थाहा छ । त्योभन्दा बाहेकको कुरा मैले कसैलाई केही भनिरहनु पर्दैन ।

फिल्म हेर्नुहुन्छ ?
हेर्छु । परिबारै गएर हेर्छौं । हरेक हिन्दी फिल्म रिलिज हुने वित्तिकै हलमा गएर हेर्छौं ।

प्रायः कुन हलमा गएर हेर्नुहुन्छ ?
जुनमा टिकट पायो त्यही हलमा ।

कोको जानुहुन्छ फिल्म हेर्न ?
परिबारका सबै सँगै गएर हेछौं।

फिल्म हेर्ने पहिलादेखिकै बानी हो ?
म त इन्डियाको बैंलोरमा पढेको । फस्ट दिन फस्ट शो फिल्म हेर्ने हो नि पहिलादेखि नै ।

पहिला ग्रलफ्रेण्डसँग हेर्नुहुन्थ्यो ?
होइन (लामो हाँसो) । साथीभाइहरुसँग ।

साथीभाइको टिममा महिला पनि हुन्थे ?
साथीभाइहरु । त्यसमा लैगिक कुरा राख्नु हुदैन ।

लभम्यारिज हो ?
होइन । एरेन्जम्यारिज हो । विहेपछि लभ ।

इन्गेजमेन्ट पछि लभपरेको हो ?
हो । त्यस्तै भएको थियो ।

त्योभन्दा अगाडि लभ परेको थियो कि थिएन ?
ऊसँग थिएन ।

अरुसँग ?
थाहा छैन (लामो हाँसो) ।

कलेज पढ्दा गरेको सबैभन्दा स्मरणीय गल्ती के हो ?
गल्ती नै गल्ती छ । म त इन्जिनियरिङ पढ्ने केटा । मेरो बुवाले हेर्ने भनेको इन्ड अफ द डे मेरो मार्कसिट हो । त्योभन्दा अगाडिको घटनाक्रम उहाँले हेर्नुहुन्न । मार्कसिट राम्रो बनाउनु पर्छ भन्ने मलाई थाहा छ । त्योभन्दा बाहेकको कुरा मैले कसैलाई केही भनिरहनु पर्दैन । योङ्ग केटा हो । घुम्ने फिर्ने रमाइलो गर्ने पार्ट अफ लाइफ हो । तर मार्कसिट राम्रो आउनु पर्यो । किनभने मेरो परिवारले गरेको लगानीको प्रतिफल भनेको राम्रो मार्कसिट नै हो । कम्पनी खोल्दा पनि अन्तिममा हेर्ने भनेको ब्यालेन्ससिट नै हो । कम्पनीको सिइओ कहाँ घुम्न गयो, कति खर्च गर्यो भन्ने गौण कुरा हो । ब्यालेन्ससिट राम्रो आयो भने उ ठिक । नभए सन्तुष्ट हुने ठाउ रहेन ।

ग्याङ फाइट गर्नुहुन्थ्यो ?
सबै कुरा हुन्छ नि । को सहेर बस्छ र ।

मैले पढ्ने ठाउ गोवा नजिकै थियो । गोवामा ट्रान्सपार्टीहरु भइरहन्थ्यो । होल नाइट डिस्को, होल नाइट डान्स हुन्थ्यो । त्यही पार्टीहरु एटेन्ट गर्न म बैंगलोरबाट गोवा पुग्थे ।

अरुलाई कुट्नु हुन्थ्यो कि बढी कुटाइ खानुहुन्थ्यो ?
अरुलाई दिने हो नि सुरुमै (लामो हाँसो) । कसैले केही गर्न खोज्यो भने एट्याक दिइहाल्नु पर्छ के । त्यसपछि उसले हामीलाई केही गर्न सक्दैन ।

विषेश गरेर कोसँग झगडा गर्नुहुन्थ्यो ?
आफ्नो कलेजका साथीभाइसँग झगडा हुने होइन । कही क्रिकेट वा फूटबल म्याच हेर्न जादा हुन्थ्यो कहिले । कहिले डिस्कोमा हुन्थ्यो । आफ्नो कलेजका केटीहरुलाई अरु कलेजका केटाहरुले जिस्क्याइदियो भने पनि झगडा पथ्र्यो । योङ केटाहरुमा जे जस्ता विषयमा झगडा हुन्छ, त्यस्तै विषयमा झगडा पर्ने हो के । कसैले हेप्न थाल्यो भने सहने बानी छैन । पहिला पनि थिएन । अहिले पनि छैन ।

राती डिस्कोमा गएर नाच्दा नाच्दै घरै आउन विर्सेको अनुभब पनि छन् ?
कति छन् कति । मैले पढ्ने ठाउ गोवा नजिकै थियो । गोवामा ट्रान्सपार्टीहरु भइरहन्थ्यो । होल नाइट डिस्को, होल नाइट डान्स हुन्थ्यो । त्यही पार्टीहरु एटेन्ट गर्न म बैंगलोरबाट गोवा पुग्थे । त्यो त भइरहने कुरा हो ।

बुवाले थाहा पाउनु भएन ?
बुवाले हेर्ने भनेको त मार्कसिट त हो नि । यस्तो कुरा उहाँलाई कसले थाहा दिन्थ्यो । उहाँलाई राम्रो ब्यालेन्ससिट (मार्कसिट) देखाए पुगियो नि ।

पकेट खर्च चै चाहिने जति पाउनुहुन्थ्यो ?
त्यस्तो त कहाँ हुनु र । लिमिट पैसाबाट नै यो सब गर्नुपथ्र्यो ।

कति पाउनु हुन्थ्यो खर्च ?
मासिक २ हजार आइसी । त्यसैले सब पुर्याउनु पथ्र्यो ।

यो सब गर्न त्यति पैसाले पुग्थ्यो ?
पुर्याइन्थ्यो । त्यो बेलाको म तपाइलाई अर्काे उदाहरण दिन्छु । म छ÷छ महिनामा घर आउथे । त्यो बेला इन्डियामा जिन्स पाइन्ट, रिबोक जुत्ता र डिजिटल क्यामेरा भनेपछि ठूलो महत्व थियो । म घर आएको बेलामा इन्डियन साथीहरुले २/३ ओटा जिन्स पाइन्ट, ३/४ ओटा रिबोक जुत्ता र २/३ ओटा डिजिटल क्यामेरा ल्याइ दे भन्थे । त्यसैको प्रफिटले मलाई अर्काे ६ महिनाको खर्च पुग्थ्यो । हामीले जिन्स लाएपछि त्यसको मिनिङ नै अर्काे हुन्थ्यो के ।

इन्जिनियरिङ, एमविविएस, फिजिक्स जस्ता अप्ठेरा विषय पढ्ने विद्यार्थीले अध्ययनमा ध्यान केन्द्रीत गर्न भन्दै ड्रक्स युज गर्छन् भन्ने गरिन्छ, तपाइको साथीभाइमध्ये त्यस्ता पनि कोही थिए ?
केटाहरुमा तनाब यति हुन्छ कि जाचको बेलामा १५/२० दिन त मान्छेको लाइफ के हो भन्ने थाहा नै हुदैन । ६ महिनाको कोर्ष छ भने ५ महिना पुरै इन्जोय गर्ने हो । बाँकी एक महिना के खाए पनि थाहा छैन, के गरे भन्ने पनि थाहा छैन । त्यसरी पढ्ने गर्थे । रातभरी पढ्ने भन्ने हुन्थ्यो । त्यस्तो अबस्थामा कसैकसैले अलिअलि ड्रक्स पनि युज गर्थे होला ।

परिबारमा खास गरी के विषयमा झगडा पर्छ ?
घरमा त्यस्तो झगडा नै हुन्न । हप्तामा एक दिन परिवारलाई समय दिन सकिएन भने ठासठुस पर्ने हो । त्यो म्यानेज गर्नुपर्छ ।

तपाइ खानको शौखिन कि लाउनको ?
मलाई लगाउने कुरामा शोख छ ।

किन ?
खाएको त कसले देख्छ र । लगाएको अरुले पनि देखिरहेको हुन्छ ।

माेटो हुनुहुन्छ, खानको शौखिन जस्तो लाग्छ ?
तपाइले यसो भन्नुहुन्छ भन्ने लागिरहेको थियो । हाम्रो पारिवारिक जिन नै मोटो भएकोले हो । पानी खाए पनि मोटाइदो रहेछ । बर्षाैं भइसक्यो राती केही पनि खान्न । पाटीमा जादा पनि एक दुईओटा स्न्याक्स बाहेक केही खान्न । विहान एकडेढ घण्टा हिड्छु । तैपनि मोटाएको मोटायै छु ।

कुन कुन रोगको औषधि खाइरहनु भएको छ ?
ब्लडप्रेसरको खाइरहेको छु । थाइराइडको खाइरहेको छु ।

औषधि उद्यमीलाई औषधि खान के गाह्रो भयो र ?
किन नहुनु । समय मिलाएर खानु पर्यो ।

औषधि उत्पादकले विदेशी औषधि मात्रै खान्छन् रे ? तपाइ कुन देशमा उत्पादित औषधि खानुहुन्छ ?
म त हाम्रै कम्पनीमा उत्पादित औषधि खान्छु । यो कुरा शायद तपाइले औषधिको गुणस्तरको विषयमा उठाउनु भएको होला । लोमस फर्मास्युटिकल्स्ले उत्पादन गरेको औषधि विश्वका ८ देशमा निर्यात हुन्छ । अमेरिकाबाट आएका मान्छेले चेकजाच र गुणस्तर परिक्षण गरिरहेका हुन्छन् । म आफू विरामी पर्दा डाक्टरले अर्काे औषधिको सिफारिस गरेको भएपनि हाम्रो उत्पादन त्यो औषधि छ भने हाम्रै उत्पादन खान्छु ।

अहिले तपाइको तलब कति छ ?
मासिक ३ लाख जति ।

के गर्नुहुन्छ त्यो पैसा ?
खान पर्यो । लाउनु पर्यो । परिबारको लागि खर्च हुन्छ । छोरा पढाउनु पर्छ ।

मासिक कति जति बचाउनु हुन्छ ?
आधा जति खर्च हुन्छ । आधा बच्छ ।

म्याडमलाई दिनुहुन्न ?
उसको आफ्नै कमाइ छ । मैले पनि माग्दिन, दिदा पनि दिन्न । दिनै पर्दैन के । उसको कमाइले उसलाई पुग्छ । मेरो कमाइले मलाई पुग्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स