बिजनेशबाट रिटायर्ड भएपछि ‘एक्टिभ पोलिटिक्स’ गर्ने मन छ: पशुपति मुरारका



पहिलो पटक जागिर कहाँ खानु भयो ?

मैले अहिलेसम्म जागिर नै खाएको छैन ।

जागिर नखाए पनि तलब त लिनु भएको होला नि ?

म जागिरभन्दा पनि बिजनेशमा संलग्न भए । पारिवारिक पृष्ठभूमि नै व्यापारिक भएकाले म स्कूल पढ्ने बेलादेखि नै बिजनेशमा लागेँ । लाहानमा शुरु गरेको हो । ७ ८ क्लास पढ्दादेखि बिजनेश सिकेको हो । जागिर लागि यति तलब भन्ने थिएन ।

आफैं पैसा निकाल्ने गर्नुहुन्थ्यो कि अरु कसैले दिने गरेको थियो ?

चेकको सिस्टम थिएन । चाहिएको बेला बुवाले नगद नै पैसा दिनुहुन्थ्यो ।

भनेपछि तपाईले तलब नै लिनु भएको छैन ?

तलब भनेको मेरो फर्मबाट आउँछ । विभिन्न कम्पनीबाट आउने गर्छ ।

आजको मितिमा तपाईको तलब कति हो ?

मेरो तलब छैन । मैले तलब ठूलो रकम राख्दिन । चाहिएको रकम राख्ने गर्ने हो ।

कुनैपनि पेशाका मनिससँग डर लाग्दैन । पत्रकारसँग पनि मलाई डर लाग्दैन । बढी गरेमा नराम्रो कुरा लेख्देला त्यही होइन ।

तपाईलाई अहिले कति पैसा चाहिन्छ ?

मेरो खर्च धेरै नै लिमिटेड छ । म रक्सी,चुरोट खाँदिन । कति पैसा चाहिन्छ ? तलब धेरै कम्पनीबाट लिने गरेको छैन । प्रोपाइटर भएको फर्म पैसा आउँछ । कुनै कुनै कम्पनीबाट तलब पनि लिुन्छु । तर तबल धेरै छैन । खर्च पुग्ने पैसा आउँछ ।

तपाईको कसैले थाह नपाएको बानी के हो ?

त्यस्तो खासै केही छैन ।

तपाईको खराब बानी के हो ?

खराब बानी पार्टीमा जाने रक्सी नखाने घुलमिल नहुँने त्यही हो । परिवारलाई समय दिन सकेको छैन । यसलाई खराब बानीको रुपमा लिने कि । परिवार कहिलेकाही कम प्राथमिकतामा परे कि जस्तो लाग्न थालेको छ । बिजनेश र संस्थामा बढी ध्यान दिने बानी छ ।

तपाई व्यवसाय नगरेको भए के गर्नुहुथ्यो ?

म तपाईको कुर्चीमा हुन्थे । साच्चिकै म व्यवसायी नभएको भए पत्रकार वा वकिल बन्ने थिएँ ।

पत्रकारितासँग यस्तो किन मोह ?

पत्रकारितासँग मोह होइन इच्छाको कुरापनि छ । कहिले काही हुन्छ नि टेलिभिजन र पत्रिकामा अन्तरवार्ता हेर्दा यसलाई ठिक प्रश्न सोधिएन कि जस्तो लाग्छ ।

म स्कूलमा फस्ट कहिले पनि भइँन र थर्ड पनि कहिल्लै भइँन ।

तपाईलाई पत्रकारले प्रश्न सोध्दा कस्तो वाइगात प्रश्न सोध जस्तो लाग्छ ?

लाग्छ । अहिले सबै प्रकारका पत्रकार छन् । गृहकार्य नगरेर आएर प्रश्न सोधेका हुन्छन् । पत्रकारको बारेमा धेरै बोल्न पनि मिलेन ।

पेशाको हिसाबले कुन पेशाका मानिससँग बढी डर लाग्छ ?

डर लाग्दैन । कुनैपनि पेशाका मनिससँग डर लाग्दैन । पत्रकारसँगपनि मलाई डर लाग्दैन । बढी गरेमा नराम्रो कुरा लेख्देला त्यही होइन ।

कुन पेशाका मानिससँग संगत गर्न मन लाग्छ ?

हरेकसँग पेशाका व्यक्तिसँग संगत गर्न मन लाग्छ । मलाई राजनीतिज्ञ र सरकारी कर्मचारीसँग केही दुरीमा बसेर कुरा गर्नुपर्छ ।

मानौ तपाई अहिले पत्रकार हुनुहुन्छ । प्रधानमन्त्रीलाई भेट्नु भयो भने के प्रश्न गर्नुहुन्छ ?

मैले यसमा गृहकार्य गरेको छैन । (केही सोच्दै)  सायद मैले प्रधानमन्त्रीलाई आर्थिक विकासमा कहिले ध्यान दिनुहुन्छ भन्ने प्रश्न गर्ने थिए ।

तपार्ईको लभ परेको थियो ?

मन परेको केटी होला । तर लभ परेन । मेरो एरेन्ज म्यारिज हो ।

भनेपछि प्रस्ताव गर्न सक्नु भएन ?

म यो बारेमा कम सोच्ने गर्थें । मेरो आमाले मान्नु हुन्न । म आमालाई कहिलेपनि चित्त दुखाउन चाहन्न थेँ ।

तपाईंलाई त पक्का प्रपोज आए होला ?

कसैलेपनि गरेन ।

मैले अहिलेको काम बच्चाहरुको लागि गरेको हुँ । अब धेरै समय सक्रिय व्यवसायमा लाग्दिन । राजनीतिमा जाने इच्छा छ । तर, जाउँ कि नजाउँ भन्ने दोधारमा छु । राजनीतिक दल खोल्ने कुरा धेरै सजिलो पनि छैन ।

तपाई स्कूल पढ्दा फेल हुनु भएको थियो ?

छैन ।

सबैभन्दा बढी अंक के मा ल्याउनुहुन्थ्यो ?

म धेरै राम्रो विद्यार्थी थिए । ओभर कन्फिडिन्टे नम्बर आइहाल्छ भनेर । म स्कूलमा फस्ट कहिले पनि भइँन र थर्ड पनि कहिल्लै भइँन । जहिले पनि सेकेन्ड भए ।

तपाईको स्कूल पढ्दाको फस्ट विद्यार्थी अहिले के गर्नुहुन्छ ?

उहाँलाई हेर्दा मैले ठिक गरे जस्तो लाग्छ । उहाँले केहीदिनसम्म पढाउनुभयो अहिले व्यवसाय गर्नुहुन्छ । उद्योग व्यवसाय गर्नुहुन्छ ।

व्यवसायमा तपाई कुन पोजिशनमा हुनुहुन्छ ?

त्यसमा मेरो नम्बर छैन । म धेरै तल छु । व्यवसायमा कसरी हिसाब गर्ने नाफाको आधार यो कारोवारको आधारमा अथावा लगानी रोजगारीको आधारले गर्ने । म सन्तुष्ट छु । म चलाख व्यवसायी पनि होइन ।

तपाईको चाहना के हो ?

म यही योजना बनाएर यो गर्छु भनेर कहिल्लै पनि गर्दिन । म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुन्छु भनेर सोचेको पनि थिएन । कहिले लाग्छ भाग्यले बाटो देखाउँदै जान्छ । म चार पाँच वर्षपछि अवकास लिने सोचमा पनि छु ।

अवकासपछि के गर्नुहुन्छ ?

मैले अहिलेको काम बच्चाहरुको लागि गरेको छु । म सक्रिय व्यवसायमा लाग्दिन । सोसल बिजनेश पनि हो । पत्रकारितामा आउन सक्दिैन । राजनीतिमा जाने इच्छा छ । तर, जाउँ कि नजाउँ भन्ने दोधारमा छु । राजनीतिक दल खोल्ने कुरा धेरै सजिलो पनि छैन ।

तपाई कुन दल रोज्नुहुन्छ । डेमोक्रटिक कि लेफ्ट ?

लेफ्ट पनि कतिको लेफ्ट भए र डेमोक्रेटपनि के कतिको डेमोक्रेटिक छन् र ?

तपाई मधेशबाट आउनु भएको व्यवसायी । अहिलेसम्म विभेद भएको पाउनु भएको छ ?

विवेद भएको छ । मैलेपनि यो फिल गरेको छु । कलेजमा भन्नु या पब्लिकमा जाँदा मधेसी भनेर मलाई पनि भन्छन् । तर, यसलाई विवेद भनेर लिने वा नलिने भन्ने कुरा हुन सक्छ । अब हामी स्कूलमा पढ्दा पहाडिया मुलका विद्यार्थी पनि थिए । धोती भनेर जिस्काउने होलान् । मधिशेपनि भनेपछि धोती भन्छन् । ऋतिक रोशनको कान्डमा चाहि फिल भएको थियो । तर, अहिले यो धेरै कम भएको छ ।


पुष्प दुलाल