पाँच वर्षदेखि वर्षान्तको नेप्से ट्रेन्डले भन्छ- दीर्घकालमा बजार बढ्छ



काठमाडौं । निरन्तरको घटाईबाट आत्तिएका सेयर लगानीकर्ता अंग्रेजी वर्षको अन्तिम दिनको कारोबारमा आएको उछालबाट केहि हौसिएका छन् ।

लगानीकर्ताले सेयर बजारको विकास तथा बिस्तारका विभिन्न माग राखेर सुरु गरेको आन्दोलन र ती माग पुरा गर्ने द्यितोपत्र र्बोड र नेप्सेको प्रतिवद्धताका कारण बजारमा उछाल आएको हुनसक्छ ।

त्यसैगरी, अनलाइन कारोबारको सम्बन्धमा वाणिज्य इजालस पाटनको फैसला र नेपाल लाइफ इन्स्योरेन्सको एफपिओले धितोपत्र र्बोडको स्वीकृती पाएका कारणले पनि बजारलाइ माथि उठाएको हुनसक्छ ।

तर बजार केहि घट्दा आत्तिइहाल्ने र थोरै बढ्दा मात्तिइहाल्ने प्रवृतिले सेयर बजारबाट नाफा लिन घेरै कठिन हुन्छ ।

विश्व सेयर बजारका बादशाह मानिने वारेन बफेटले त अझ सेयर किन्दा अब १० बर्ष बजार बन्द हुन्छ भनेर सोच्नु पर्ने बताएका छन् । अर्थात् कारोबारमा नभई लगानीमा केन्द्रित हुनुपर्ने बफेटको भनाई छ ।

सेयर बजारमा प्रवेश गर्नुअघि आधारभुत रुपमा लगानीकर्ताले बुझ्नु पर्ने कुरा के हो भने दीर्घकालिन रुपमा सेयर बजार बढ्छ नै । पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्डको दिशामा अघिबढ्नु नै सेयर बजारको विश्वब्यापी प्रवृत्ति हो । तर अल्पकालिन रुपमा भने स्वभाविक रुपमा उतार-चढाव आउछन् जसमा सामान्य लगानीकर्ता आत्तिने र मात्तिने गर्छन् र उचित लाभ लिनबाट चुक्छन् ।

सन् २०१६ डिसेम्बर २९ गते अर्थात् यो बर्षको कारोबारको अन्तिम दिन नेप्से सूचक तल तालिकामा देखाए झैं १४४३.३८ अंकमा बन्द भयो । यस्तै विगत ५ बर्षको अन्तिम दिनको नेप्से परिसूचक हेर्ने हो भने बढ्दै गएको देखिन्छ । २०१२ मा ५३४.३८ मा बन्द भएको नेप्से २०१३ को अन्त्यमा आइपुग्दा ७७१.०० मा बन्द भयो ।

मिति

सूचक

२०१२/१२/३१

५३४.३८

२०१३/१२/३१

७७१.००

२०१४/१२/३१

९०२.००

२०१५/१२/३१

११५१.३८

२०१६/१२/२९

१४४३.३८

त्यस्तै ७७१.०० बाट २०१४ मा ९०२ पुग्यो भने २०१५ को अन्त्यसम्म आइपुग्दा ११५१.३८ अंक छोयो । २०१६ को अन्त्यमा भने पुरानो ११७५ को रेकर्डलाई समेत तोड्दै १४४३.३८ मा आएर बन्द भएको छ । साथै यो बर्ष नेप्सेले १८८१ अंकको नयाँ रेकर्ड समेत कायम गर्यो ।

विगत पाँच बर्षको अन्तिम दिनको नेप्से सूचकले पनि नेप्से दीर्घकालमा बढ्छ भन्ने पुष्टि गर्छ । तर, माथि तालिकामा झैं प्रत्येक बर्ष यसरी नै बढ्दै जान्छ भन्ने चाहिँ होइन । सामान्यत सेयर बजारमा ३ वर्ष वा सो भन्दा माथिलाई दीर्घकालिन लगानी मानिन्छ ।

विश्व सेयर बजारका बादशाह मानिने वारेन बफेटले त अझ सेयर किन्दा अब १० बर्ष बजार बन्द हुन्छ भनेर सोच्नु पर्ने बताएका छन् । अर्थात् कारोबारमा नभई लगानीमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

सेयर बजार र घर जग्गामा पैसा कहिल्यै पनि नडुब्ने बताउँछन् नेपाली सेयर बजारका ठूला लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान ।

‘सेयर बजार र घर जग्गामा पैसा गुमाउने भनेको कम्पनी बन्द भएर र जग्गा कसैले खाइदिएर मात्र हो,’ प्रधानले क्लिकमाण्डूसँग भने ।

यो पनि पढ्नुहोस्- ज्ञानेन्द्रलाल प्रधान भन्छन्, सेयर बजार र घरजग्गाबाट कहिल्यै घाटा हुँदैन

प्रधानको भनाइको अर्थ के हो भने ठिकैको कम्पनीमा पनि दीर्घकालिन रुपमा लगानी ग¥यो भने फाइदा नै हुन्छ । तर, आफ्नो क्षमताभन्दा बढि बैंकबाट ऋण लिएर भने लगानी गर्नु हुँदैन । यसले तपाईंलाई घाटा खाएर बेच्न बाध्य बनाउँछ ।

अन्तमा, नेप्से आगामी वर्ष अझै विकसित र बिस्तारित हुँदै जानेछ भन्ने विश्वासका साथ सबै पाठकलाई नयाँ बर्ष २०१७ को शुभकामना ।


पुष्प दुलाल