रिलायबलको १२० दिने मुद्दति निक्षेपमा ९ प्रतिशत ब्याज



काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले १२० दिने मुद्दतिमा ९ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्ने नयाँ योजना ल्याएको छ । १२० दिन पुरा भए पश्चात साँवा र ब्याज स्वतः बचत खातामा जम्मा हुने बैंकले जनाएको छ ।

सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका देशभरि रहेका ११०० भन्दा बढी एटिएमहरुबाट निशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले १ वर्षे मुद्दतिमा ९.२५ प्रतिशतसम्म तथा २ वर्षे मुद्दतिमा ९.५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने जनाएको छ ।


पुष्प दुलाल