अमेरिका छिर्ने नेपालीको सुन्दर सपनाको कठिन यात्रा



पाँच जना नेपाली युवा सन् २०१५ जनवरी महिनाको एक बिहान मेक्सिकोको सिमावर्ती सहर टिजुआनाको ‘कासा डेल माइग्रगन्टि’ नामक आप्रवासी शिविरमा रातीको लागि ओछ्र्यान खोज्दै थिए । उनीहरु त्यहाँबाट अमेरिका छिर्ने तरखर गर्दै थिए । अमेरिका पुगेर पैसा कमाउने र सुनौलो जिवन बाँच्ने आशमा उनीहरु दलालहरुका पछि लागेर बिभिन्न कष्ट सहँदै त्यहाँ पुगेका थिए ।

यो सिमावर्ती सहर पुस्तौंदेखि मेक्सिको र मध्यअमेरिकाका आप्रवासीहरुको गरिबी र हिंसाबाट भागी सहज जिन्दगीको सपनामा अमेरिका छिर्ने प्रवेशद्धारका रुपमा रहेको छ ।

तर, ८ हजार माइल टाढा रहेको देश, नेपालबाट समेत नेपालीहरु त्यहाँ पुग्नु आश्चर्यजनक भएको उक्त आश्रय स्थलका निर्देशक प्याट्रिक मर्फीले बताए ।

राजनीतिक अस्थिरता, लगानीमैत्री नियम कानुनको अभाव, युवालाई सहज रुपमा पुँजी उपलब्ध नहुनु वा जनता स्ंवयम मनोबैज्ञानिकरुपमा उद्यमशीलताका लागि तयार नहुनु आदि कारणले नेपाली बिदेशिने क्रम भयावह बन्दै गरएको छ ।

नेपालमा पनि ०७२ साल बैशाख १२ गते आएको भुकम्पले हजारौंको ज्यान लिएको थियो भने कैयौं घरबार बिहिन भएका छन् । पुननिर्माणको कामले सन्तोषजनक गति लिएको छैन । के अब हामी साँच्चै मध्यपूर्वसँगै मेक्सिकोबाट आउने दुखद समाचारका लागि पनि तयार हुनुपर्ने भो त ?

भनिन्छ, नेपालको अर्थतन्त्र नै रेमिटेन्सले धानेको छ । रेमिटेन्सका रुपमा आएको पैसाले उपभोग्य बस्तु आयात गर्ने र उक्त बस्तुबाट उठेको करले सरकारी ढुकुटी भरी खर्च चलाउनु पर्ने अवस्था छ । तर, रेमिटेन्स सँगसँगै बाकसमा नेपालीको लाश आउने भयावह चक्रमा नेपाल फसिकेको छ ।

मध्यपूर्वको ४५ डिग्रीे चर्को घाममा कडा मिहेनत, परिवारसँग टाढा हुनुको पीडा र चरम आर्थिक अभावको तनावले उनीहरुले ज्यान गुमाइरहनुपरेको तथ्यबाट सामान्य नेपाली, नीति निर्मातादेखि राजनैतिक नेतृत्वसम्म सबै राम्रैसँग जानकार छन् । यद्यपि इच्छाशक्तिको कमी र आफ्नै स्वार्थको चौघेरामा बन्दी भएका कारण उपयुक्त कदम भने सरोकारवालाले चाल्न सकेका छैनन् ।

नेपाली नेपालभन्दा ८ हजार माइल टाढा मेक्सिकोमा पनि यस्तै पीडा भोग्न थालेका छन् । पछिल्ला दिनहरुमा दलालहरुको लहैलहैमा लागेर बिना भिसा र आवश्यक कागजातबिना नै गैरकानुनी रुपमा बिभिन्न देशका सीमाहरु छिचोल्दै नेपाली नागरिक पनि अमेरिका पुग्ने आशमा मेक्सिकोको सिमावर्ती सहर टिजुआना पुग्ने क्रम ह्वात्तै बढेको छ ।

यो सीमामा पछिल्ला दिनहरुमा नेपाल, हाइटी, भारत, बंगलादेशलगायत बिश्वभरीबाट अमेरिका छिर्ने आशमा आएका आप्रवासीहरुको भिड लाग्न थालेको छ ।

उनीहरु युरोपमा तिरस्कृत हुँदै अमेरिकी सिमासम्म पुग्छन् । करिब १० वटा अन्तराष्ट्रिय सिमा पैदल, बस, डुङ्गा अथवा गधा चढेर पार गर्छन् ।

अधिकारीहरुका अनुसार यसरी अमेरिका छिर्नेहरु घुमाउरो र खतरनाक बाटोको प्रयोग गर्दै दक्षिण अमेरिका, मध्य अमेरिका र मेक्सिकोको संवेदनशील क्षेत्र प्रवेश गर्छन् । र, त्यहाँको स्रोतहरु ध्वस्त पार्छन् । यो अमेरिकाको दक्षिणी सिमाको सुरक्षा चुनौतीको रुपमा पनि रहेको छ ।

अमेरिकाको प्रवेशद्धार पुगुन्जेलसम्म उनीहरुले जङ्गलमा धेरै बिषालु सर्पहरु, घातक माफियाहरु, खतरनाक लागुपदार्थ तस्करहरु र भ्रष्ट प्रहरीहरुको सामना गरिसकेका हुन्छन् । उनीहरु लुटपाट, हत्या, बलात्कारको कथा सुन्दै, सुनाउँदै र भोग्दै त्यहाँसम्म पुग्छन् । र, अन्ततः प्लेनमा राखेर घर फर्काइन्छन् ।

यसरी अबैधरुपमा अमेरिका प्रवेश गर्नेहरुमा सबैभन्दा ठूलो संख्या हाइटीका आप्रवासीहरुको छ । अक्टोबर २०१५ यता ५ हजार हाइटिएनस् यो सिमामा आएका छन् । हाइटीमा बिगत ६ बर्षमा आएका ठूला भुकम्पमा परि कम्तीमा २ लाख २० हजार जनाको ज्यान गएको थियो भने करिब १० लाख घरबारबिहिन भएका थिए ।

नेपालीहरुको संख्या भने सन् २०१५ मा २९९ बाट बढेर सन् २०१६ सम्म आइपुग्दा ४०० पुगेको छ ।

नेपालमा पनि ०७२ साल बैशाख १२ गते आएको भुकम्पले हजारौंको ज्यान लिएको थियो भने कैयौं घरबार बिहिन भएका छन् । पुननिर्माणको कामले सन्तोषजनक गति लिएको छैन । संबिधान निर्माणपछि राजनीतिक संक्रमणको अन्त्य गरी आर्थिक बिकासको बाटोमा हिंड्नु पर्ने बेलामा फेरि संबिधान कार्यान्वयनमा जटिलता आउन थालेको छ ।

के अब हामी साँच्चै मध्यपूर्वसँगै मेक्सिकोबाट आउने दुखद समाचारका लागि पनि तयार हुनुपर्ने भो त ?

एजेन्सीको सहयोगमा


पुष्प दुलाल