धितोपत्र बोर्डका कारण सेयर बजार घटेको नेप्सेको दाबी



काठमाडौं । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डका कारण नेपालको सेयर बजार घटेको नेपाल स्टक एक्सचेञ्जका अधिकारीहरुले आरोप लगाएका छन् ।
बोर्डले नेप्सेलाई काम गर्ने अधिकार नदिएकाले त्यसको प्रभाव बजारमा परको नेप्सेका अध्यक्ष रामजी रेग्मीले दाबी गरे ।

‘पुँजी बजारको विकास होस् भनेर बोर्डले नेप्सेलाई काम गर्न सहजिकरण गर्नुपथ्र्यो तर उल्टै विभिन्न बहानामा अबरोधहरु सिर्जना गरिरहेको छ,’ मंगलबार नेप्सेमै आयोजित पत्रकार सम्मेलनमा रेग्मीले आरोप लगाए ।

उता नेप्सेमा महाप्रवन्धक सीतारम थपलिया पनि धितोपत्र बोर्ड विरुद्ध खनिए । ‘बोर्डका केही अधिकारीहरुका कारण हामीलाई काम गर्न अफ्ठ्यारो भइरहेको छ,’ थपलियाले भने ।


पुष्प दुलाल