एन. बी. इन्सुरेन्सको अध्यक्षमा हेमराज ढकाल



काठमाडौं । एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडमा हेमराज ढकाल सर्वसम्मतीबाट अध्यक्ष पदमा नियुक्त भएका छन् । ढकाल आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक छन् ।

त्यसैगरी काठमाण्डौं फन पार्क (चन्द्रागिरी हिल्स) लिमिटेड लगायत विभिन्न संस्थहरुमा संचालक पदमा कार्यरत छन् । व्यवस्थापनमा स्नातकोत्तर उपाधी हांसिल गरेका छन् ।

कम्पनीले आ.ब.२०७२।०७३ को बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ ।


क्लिकमान्डु