सामाजिक उत्तरदायित्व बहन गर्दै लक्ष्मी ग्रुपले मनायो ४३ औ वार्षिकोत्सव




काठमाडौं । लक्ष्मी ग्रुप स्थापनाको ४३ बर्ष पूरा भएको छ । स्थापना दिवसको अवसरमा ग्रुपले पुस ५ गते विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि आफ्नो कर्पोरेट डे हर्षाेउल्लासका साथ मनाएको छ ।

लक्ष्मी ग्रुपले २०७३ पुष ५ गते, स्थापना भएको ४३ वर्ष पुरा भएको उपलक्ष्यमा विभिन्न समाजिक कार्यक्रमहरुको आयोजना पनि गरेको थियो ।
गु्रपले आफ्नो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा ‘रक्तदान जिवनदान’ भन्ने मुल नारालाई सार्थक गर्दै रक्तदान कार्यक्रमको आयोजना ग¥यो जसमा पोखरास्थित कार्यालयमा ५० तथा काठमाडौंस्थित कार्यालयमा १०० गरि १५० जनाले रक्तदान गरेका ग्रुपले जानकारी दिएको छ ।

यस्तै गु्रपको भातृ संस्था लक्ष्मी ईन्टरकन्टिनेन्टल (नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता) ले पौष ३ गतेका दिन कास्की जिल्ला प्रहरीलाई २५ थान ड्यासक्याम्प प्रदान गरेको थियो । यस कार्यक्रम पनि लक्ष्मी ग्रुपको वार्षित्सव अन्र्तगत पर्दछ ।

ट्राफिक सुरक्षा अभियान अन्तराष्ट्रिय हुन्डाई कर्पोरेट सामाजिक उतरदायित्वको मुख्य आधार रहिआएकोे छ । साथै चोभारस्थित जलविनायक मन्दिर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

ग्रुपले नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत एसजिसिपी नेपालका बालबालिकालाई स्कुल व्याग प्रदान गर्नुका साथै विभिन्न खेलहरुको आयोजना गरेको थियो । एसजिसिपी नेपाल पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवनस्तर उकासनका लागि योगदान कार्यमा संलग्न संस्था हो ।

यसका साथै लक्ष्मी ग्रुपका अन्य भातृ संस्थाहरु सुजल फुड्स, सुजल डेरी, जया प्याकेजिङ्ग, सुजल प्लाष्टिक, लक्ष्मी इन्टरकिन्टनेन्टल, र जयमाँ इन्टरकिन्टनेन्टल, आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो । नक्सालस्थित बाल मन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो ।

फालिका, कपनस्थित चाइल्ड डेभलपमेन्ट सोसाइटी का बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरेको तथा सुजल डेरी हर्ट बिटका  संस्थाका बिधार्थीहरुलाई ५ ग्यालेन लभ बर्ड प्रिमियम आइसक्रिम वितरण र विभिन्न मनोरञ्जनात्मक खेलको आयोजना गरिएको ग्रुपले जनाएको छ ।

विगत ४३ वर्ष जस्तै आगामी वर्षहरुमा पनि लक्ष्मी गु्रपले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको ग्रुपद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु