जेडटिई स्मार्टफोनमा वार्म विन्टर अफर, स्क्रयाच कार्डमा उपहारै उपहार



काठमाडौं । चीनियाँ स्मार्टफोन ब्राण्ड जेडटिईले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले जाडोको मौसम पारेर जेडटिई वार्म विन्टर अफर ल्याएको हो ।

जेडटिईको यो अफर अनुसार मोबाइल खरिदकर्ताहरुले कार्ड प्राप्त गर्ने र कार्ड स्क्रयाच गरेर स्योर सट उपहार पाउनेछन् ।

कार्ड स्क्रयाचमा बाल्ट्राको हिटर, वाल्ट्राको थर्मस, इलेक्ट्रीक केटल, २६०० एमएएचको पावर बैंक, सेल्फी स्टीक, १०,००० एमएएचको पावर बैंक, र नगद उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

जेडटिई फोनको नेपालका लागि आधिकारिक बिक्रेता इभोलुसन इन्टरप्राइजेजका मार्केटिंग म्यानेजर विशाल आचार्यले क्रिशमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर अफर ल्याएको जानकारी दिए ।

कम्पनीले हाल ब्लेड सिरिज, एक्सोज सिरिजका विभिन्न स्मार्टफोनहरु बजारमा बिक्री बितरण गरिरहेको छ ।


क्लिकमान्डु