कुलमानलाई असहयोग गर्ने विद्युत प्राधिकरणका ३ सञ्चालक बर्खास्त



काठमाडौं । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असहयोग गर्ने ३ जना सञ्चालकलाई बर्खास्त गरेको छ ।

कुलमानलाई असहयोग गरेको भन्दै उर्जामन्त्री जनार्दशन शर्माले सञ्चालकहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्तगरेका हुन् ।

उर्जा मन्त्रालयले ती सञ्चालहरुलाई प्रष्टिकरण सोधेको थियो । उनीहरुले बुझाएको प्रष्टिकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री शर्माले बर्खास्त गरेका हुन् ।


क्लिकमान्डु