गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृत लिनु नपर्ने




काठमाडौं । सरकारले गोरखा इको प्यालन प्रयोग गर्न स्वीकृत लिनु नपर्ने व्यवस्था मिलाएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भबन निर्माण विभागले कुनै पनि भौतिक संरचना निर्माण गर्दा पार्टेशन वालको रुपमा गोरखा इको प्यानल प्रयोग गर्न स्वीकृति लिन नपर्ने निर्णय गरेको हो ।

गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालले आफनो उत्पादन प्रयोगमा अन्यौल वढेपछि विभागलाई पत्राचार गरेको थियो । नक्सा पास गर्ने स्थानीय निकाय र इन्जिनियरहरुबीच अन्यौल वढेपछि विभागलाई पत्राचार गरेको थियो । गोरखा इको प्यानलको पत्राचारपछि विभागले यो निर्णय गरेको हो ।

यसअघि नक्सा तयार गर्ने इन्जिनियर र नक्सा स्वीकृति दिने स्थानीय निकायलाई गोरखा इको प्यानलको प्रयोगमा अन्यौलता थियो ।

गोरखा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालले अबका दिनमा कुनै पनि स्टक्चरल डिजाइन गरेको स्थायी संरचनामा इको प्यानल पार्टेशन वालको रुपमा प्रयोग गर्न कानुनी व्यावधान नभएको स्पष्ट पारे ।

पार्टेशन वालको रुपमा इको प्यानलको प्रयोग गर्दा नक्सा पास नहुने हो कि भन्ने अन्यौल समाप्त भएको उनले बताए । अबका दिनमा इन्जिनियरहरुले निर्धक्कका साथ गोरखा इको प्यानलको प्रयोग कुनै पनि स्थायी संरचनाको पार्टेशन वालमा प्रयोग गर्न सकिने उनले बताए ।

गोरखा इको प्यानल अस्थायी संरचना निर्माण गर्दा बाहिरी वालको रुपमा पनि प्रयोग हुँदै आएका छन् । राष्ट्रपति कार्यालय लगायत देशै भरिका एक तल्ले सरकारी तथा नीजि विद्यालय, कलेज, हस्पिटल, हेल्थ पोष्ट, आर्मी ब्यारेक लगायतका संरचनाहरुमा गोरखा इको प्यानल बाहिरी वाल र भित्री पार्टेशन वालको रुपमा प्रयोग हुँदै आएका छन् ।


पुष्प दुलाल