नेशनल लाइफले ३० प्रतिशत बोनस सेयर दिने




काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २८ औं साधारण सभा गरेको छ । साधारण सभाबाट आर्थिक बर्ष २०७१÷७२ को नाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनकोलागि १ दशमलव ५८ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

बोनस पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ३२ करोड पुग्ने छ । साथै साधारण सभाले बोनस बितरण पछि सत प्रतिशत राइट सेयर जारी गर्ने निर्णय गरेको छ ।

यसरी राइट बितरण पश्चात कम्पनीको पुँजी २ अर्ब ६४ करोड हुने कम्पनीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु