पुष्पा बस्नेत बनिन् सिएनएन हिरो, ५० लाख पाइन्



वासिङ्टन डिसी  । नेपालकी पुष्पा बस्नेतले अमेरिकाको प्रतिष्ठित समाचार संस्था सिएनएनले प्रदान गरेको सिएनएन सुपर हिरोको उपाधि प्राप्त गरेकी छन् ।

अमेरिकामा आइतबार साँझ आयोजित कार्यक्रममा सन् २०१२ को सिएनएन हिरोको उपाधि प्राप्त गर्नुभएकी पुष्पालाई सुपर हिरो २०१६ को उपाधि दिइएको हो ।

उनलाई जिताउन मत अभियान चलाइरहेका युवा अभियानकर्मी गौरव कँडेलले सो जानकारी दिए ।

काठमाडौँमा बाल विकास केन्द्र सञ्चालन गर्दे आउनुभएकी बस्नेतले अभिभावकको साथमा जेल जीवन बिताइरहेका बालबालिकालाई शिक्षा, स्वास्थ्य, खानालगायतको सुविधा प्रदान गर्दै गर्दै आएकी छन् ।

उपाधि पाएपछि आफ्नो प्रतिक्रियामा पुष्पाले भनिन्- ‘सबैभन्दा महत्वपूर्ण कुरा तपाई आफ्नो कामलाई विश्वास गर्नुहोस् र धैर्य गर्नुहोस् । मेरो सपनालाई सार्थक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।’

योसँगै पुष्पाले आफूले सञ्चालन गरिरहेको कामको लागि ५० हजार डलर पनि प्राप्त गर्नेछिन्  । सिएनएन हिरो छनोटको एक दशकको अवसरमा सिएनएन सुपर हिरो छनोट गरिएको हो ।


पुष्प दुलाल