गगन थापाको घोषणाः पुस १ गतेदेखि सबै निजी अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार



काठमाडौं । यही पुस १ गतेदेखि देशभर सञ्चालनमा रहेका सबै निजी अस्पतालहरुले  भर्ना भएका मध्ये १० प्रतिशत बिरामीको निशुल्क उपचार गर्नुपर्ने भएको छ ।

स्वस्थ्य मन्त्रालयले कडाईका साथ नियम लागू गर्न लागेको हो । स्वास्थ्यउपचार नपाएर गरिब जनता मर्नु नपरोस् भनेर स्वास्थ्यमन्त्री गगन थापा यस्तो नीति प्रभावकारीरुपमा कार्यान्वयन गराउन लागि परेका हुन् ।

‘यसअघि पनि १० प्रतिशत बेड निःशुल्कका लागि छुट्याउनु पर्ने नियम थियो तर अस्पतालहरुले कार्यावयनमा ल्याएका थिएनन्,’ स्वास्थ्यमन्त्री थापाको निजी सचिवालयका एक अधिकारीले क्किमाण्डूसँग भने, ‘अब भने मन्त्रीज्यूले १० प्रतिशत उपचार नै निःशुल्क गराउने नीति लिनु भएको छ ।’

मन्त्री थापाले सोमबार पौने १२ बजे मन्त्रालयमा पत्रकार सम्मेलेन गरी निजी अस्पतालमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार हुने पत्रकार सम्मेलन गरी जानकरी दिएका हुन् ।  । मन्त्री थापाले कस्ता बिरामीलाई दिने, कति दिने र कसरी दिने भन्ने सार्वजानिक गर्दैछन् ।

निजी अस्पताल सञ्चालकहरुसँग वृहत छलफल गरी यो नीति कार्यान्वयन गर्न लाएिको स्वास्थ मन्त्रालयले जनाएको छ ।

‘यो नियम लागू भएपछि निजी अस्पतालहरुले निःशुल्क उपचार गर्ने बेडमा स्टिकर नै टाँस्नुपर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘अस्पतालहरुले यो नियम लागू गरेको नगरेको विषयमा प्रत्येक दिन मन्त्रालयले अनुगमन गर्छ । मन्त्रीज्यूले प्रत्येक दिन हेर्नुहुन्छ ।’

कुनै अस्पतालले यो नियम कार्यान्वयन नगरेको पाइएमो त्यस्ता अस्पताललाई सरकारबाट उपलब्ध गराईनेछ ।

राजधानीको थापाथलीमा रहेको नर्भिक अस्पतालले यो सेवा सुरु गरिसकेको मन्त्रालयले जनाएको छ । यो नियम प्रभावकारीरुपमा कार्यान्वयन भएमा देशभरका लाखौं बिपन्न र असहाय बिरामीहरुलाई ठूलो राहत हुने मन्त्रालयको विश्वास छ ।


पुष्प दुलाल