अब निजी जीप, कार र भ्यानको बीमा शुल्क बार्षिक १२ हजारसम्म कम



काठमाडौं । निजी जीप, कार, भ्यान जस्ता सबारी साधन आफै ठोक्किदा वा विग्रिदा क्षतिपूर्तिको लागि गरिने दाबीको बीमाको शुल्कमा ३० प्रतिशत कटौति भएको छ ।

बीमा समितिले १ पुसदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो । यस्तो ब्यवस्थापछि आफै विग्रदा वा ठोक्किएर हुने हानी नोक्सानी विरुद्धको बीमा शुल्क बार्षिक ७ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्म सस्तो हुने समितिका निर्देशक श्रीमान कार्कीले जानकारी दिए ।

‘साना र निजी सवारी साधन आफै विग्रिदा वा ठोक्किएर हुने हानी नोक्सानी विरुद्धको बीमा शुल्क ३० प्रतिशतले कटौति गरेका छौं, यस्तो ब्यवस्था पछि साना र निजी सबारी साधनको बार्षिक बीमा शुल्क ७ हजारदेखि १२ हजार रुपैयाँसम्म सस्तो पर्छ,’ निर्देशक कार्कीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु