२२ अंकले घट्यो नेप्से, साढे ४० करोडको कारोबार




काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक करिब २२ अंकले घटेको छ । आज परिसुचक २१ दशमलब ८८ अंकले घटेर १५ सय २२ दशमलब ८ बिन्दुमा आइपुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आइतवार १ सय ४१ कम्पनीका ७ लाख ७ सय ३६ कित्ता सेयर ४० करोड ५५ लाख ५७ हजार १ सय ८ रुपैयाँमा खरिद बिक्र िभएका छन् ।

आइतबार ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलब ८५ अंकले घटेको छ ।

नेप्सेले दिएको जानकारी अनुसार बैंकिङ समहुको उपसुचक १८.२९ अंकले, होटल समुहको उपसुचक ६९.१३ अंकले र विकास बैंक समुहको उपसुचक २३.९८ अंकले घटेका छन् ।

यस्तै जलविद्युत समुहको उपसुचक ७३.६ अंकले, फाइनान्स कम्पनी समुहको उपसुचक ११.८४ अंकले, बीमा समुहको उपसुचक १४७.५ अंकले र अन्य समुहको उपसुचक २.६१ अंकले घटेका छन् ।

उत्पादनमुलक समुहको उपसुचक भने ११.७ अंकले बढेको छ ।

बजार घटेपनि केही सुचिकृत संस्थाको सेयरमूल्य भने कारोबार भएको अघिल्लो दिनको तुलनामा केही बढेका छन् । यसरी मूल्य बढ्ने कम्पनीहरुमा नमस्ते वित्तीय संस्थाको सेयरमूल्य ७.८९ प्रतिशतले, एनबी इन्स्योरेन्सको सेयरमूल्य ७.४१ प्रतिशतले र हिमालयन डिस्ट्रीलरीको सेयरमूल्य ५.७७ प्रतिशतले बढेका छन् ।

आइतवार सबैभन्दा बढी अपि पावर कम्पनीका सेयरधनीले गुमाएका छन् । अपिको सेयरमूल्य ९.८१ प्रतिशतले, पोखरा फाइनान्सको सेयरमूल्य ९.६३ प्रतिशतले, अरुण फाइनान्सको सेयरमूल्य ९.३ प्रतिशतले, सानिमामाइ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.६ प्रतिशतले, जेविल्स फाइनान्सको सेयर मूल्य ५.५६ प्रतिशतले र लुम्बिनी फाइनान्सको सेयर मूल्य ५.२ प्रतिशतले बढेका छन् ।

आइतवार एभरेष्ट बैंकको सबैभन्दा बढी अर्थात ३ करोड १७ लाख २३ हजार रुपैयाँका सेयर खरिद विक्री भएका छन् । यस्तै दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी र तेस्रो स्थानमा सिद्धार्थ बैंकका सेयर खरिद बिक्री भएका छन् ।

आइतवार नेसनल हाइड्रोपावरका सेयर सबैभन्दा बढी संख्यामा खरिद विक्री भएका छन् । मूल्य घटेको भएपनि सो कम्पनीका ४३ हजार ६ सय कित्ता सेयर खरिद विक्री भएका हुन् । यस्तै बैंक अफ काठमाडू लुम्बिनीका ३४ हजार ३ सय ७ कित्ता, मन्जुश्री फाइनान्सियल इन्स्टिचुसनका ३२ हजार ९ सय ५७ कित्ता र ग्लोबल आइएमइ समुन्नत स्कीम १ को ३१ हजार २ सय ८७ कित्ता खरिद बिक्री भएका छन् ।


क्लिकमान्डु