जोमसोममा ओम डेभलपमेन्ट बैंकको २६औं शाखा



काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङ्गको जोमसोममा शाखा बिस्तार गरेको छ । उक्त शाखाको उदघटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले गरे । सो अवसरमा पाण्डेले बैंक तथा वित्तीय संस्थाको वर्तमान अवस्था र देशको मौद्रिक नीतिका वारेमा जानकारी दिए ।

नयाँशाखा स१चालनमा आएसँगै शाखा बैंकको शाखा संख्या २६ पुगेको छ । अन्य ६ शाखा खोल्नने तयारी भइरहेको बैंकका डेपुटी सीइओ बुद्धि मल्लले जानकारी दिए ।

बैंकका अध्यक्ष सुशिलकुमार गोशलीको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा सीइओ विश्व मोहन अधिकारीले मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियमा रहेको शाखाहरुसहित ४२ शाखा पुग्ने जानकारी जानकारी गराए ।

कार्यक्रममा जोमसोम उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन, नेपाल रेडक्रस सोसाइटी मुस्ताङ्गका उपसभापति गणेश शेरचन, जोमसोम महिला समूहकी अध्यक्ष शर्मिला गुरुङ्गले आफ्नो मन्तब्य राखेका थिए ।

बैंकलाई आर्थिक बर्ष २०७२/७३ को नाफाबाट शेयरधनिहरुलाई २९.२०५ बोनश शेयर दिन राष्ट्र बैंकले स्विकृती दिईसकेको छ । बैंकको २०७३ असोज मसान्तसम्म १२ अर्ब ३२ करोड निक्षेप संकलन गरि १० अर्ब ७८ करोडरुपैयाँ कर्जा लगानी गरेको थियो ।


क्लिकमान्डु