अर्थसचिब भन्छन् – पुरक बजेट बारे कुनै गृहकार्य भएको छैन



shantaraj-subedi-6
काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले पुरक बजेट बारे अर्थमन्त्रालयले कुनै गृहकार्य नगरेको प्रष्ट पारेका छन् ।

अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार र राष्ट्रिय योजना आयोगका उपाध्यक्षले पुरक बजेट ल्याउने गृहकार्य भइरहेको बताएकै बेलामा सचिब सुबेदीले यसबारे मन्त्रालयले कुनै तयारी नथालेको जानकारी दिएका हुन् ।

‘पुरक बजेट आउदैछ भन्ने कुरा मैले पनि विभिन्न संचारमाध्यमबाट थाहा पाएको छु, तर यसबारेमा मन्त्रालयमा कुनै छलफल वा गृहकार्य भएको छैन, ल्याउने नै हो भने हामी १ हप्तामा तयारी गरिसक्छौं, डा. सुबेदीले क्लिकमाण्डूसँग भने ।

पुरक बजेट ल्याउने नल्याउने राजनीतिक विषय भएपनि आवश्यकता र औचित्य पुष्टी भएपछि मात्रै पुरक बजेट आउने उनले प्रष्ट पारे ।

‘छुट्टयाइएको बजेट नै खर्च नभएको समयमा पुरक बजेट किन ल्याउने भनेर हामीले आधार प्रष्ट पार्नुपर्ने हुन्छ, यो कुरा हामीले हिजो (विहिवार) विकास समितिको बैठकमा पनि प्रष्ट पारेका छौं, थप कार्यक्रमको आवश्यकता देखियो र त्यसको स्रोत ब्यवस्था गर्न सक्ने ठाउ भयो भने आउन पनि सक्छ,’ उनले भने ।

र, यो पनि पढ्नुहोस्- सरकारलाई कांग्रेस सांसद शाहीको प्रश्नः पुरक बजेटको हल्ला किन ?


क्लिकमान्डु