अक्सिजनसँगको सहकार्यमा भारतबाट रेमिट्यान्स ल्याउदै आइएमइ



ime

काठमाडौं । आइएमईले भारतबाट रेमिट्यान्स ल्याउन अक्सिजन सर्भिस इन्डिया प्रालि नामक भारतीय कम्पनीसँग सहकार्य गरेको छ । सो कम्पनीले बिगत १२ बर्षदेखि डिजिटल पेइमेन्टको क्षेत्रमा कामगर्दै आइरहेको छ ।

राजधानीमा दुबै कम्पनीका बरिष्ठ अधिकारीको उपस्थितिमा इन्डो नेपाल रेमिट्यान्स सर्भिसको औपचारीक सुरुवात गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भारतमा ४० लाख भन्दा बढी नेपालीहरु रोजगारीमा रहेको र तिनीहरुले पठाउनुपर्ने बिप्रेषण ७ अर्ब भन्दा बढि हुनुपर्नेमा एक अर्ब हाराहारीमा मात्रै बैधानिक बाटोबाट आइरहेको दाबी गरे ।

अक्सिजनका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रमोद सक्सेनाले नेपालको अग्रणी संस्थासँग काम गर्न पाउँदा उत्साहित भएको बताए । उनले अक्सिजनको ठुलो सञ्जालको प्रयोगबाट नेपालमा बिप्रेषण भित्र्याउन सहजहुने विश्वास ब्यक्त गरे । अक्सिजनसँग बार्षिक १५ करोडको हाराहारीमा ग्राहक जोडिने गरेको, २ लाख एजेन्ट र आउटलेटबाट काम हुनेगरेको उनको भनाइ छ ।
कार्यक्रममा आइमएईका प्रबन्ध निर्देशक हेमराज ढकालले अक्सिजनसँगको सहकार्यबाट नेपाल र नेपाली दुबैले फाईदा लिनसक्ने बताए । उनले भारतबाट बैधानीक तवरले आउने रेमिट्यान्सको हिस्सा अत्यन्त न्युन रहेकोले यसको संस्थागत पहल गरेको दावी गरे ।

नेपालभर रहेका ५ हजार ४ सय भन्दा बढी सम्पर्क केन्द्रबाट यो सेवा जनताले लिन पाउने कम्पनीले जानकारी दिएको छ ।

आरबीएल बैंक लिमिटेड र ग्लोबल आईएमई बैंक लिमिटेड क्रमशः अक्सिजन इण्डिया र आईएमई नेपालका बैंकिङ साझेदार हुन । अक्सिजन आरबीएल बाट मान्यता प्राप्त भारतको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालन गर्ने संस्था हो जसले वार्षिक ६ करोडभन्दा बढी कारोबार गर्दै आएको छ ।


क्लिकमान्डु