एनसीसी बैंकले पायो चार वटा विकास बैंक गाभ्ने अनुमति



ncc-bank
काठमाडौं । नेपाल कमर्श एण्ड क्रेडिट (एनसीसी) बैंकले चार वटा विकास बैंक गाभ्न अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले एनसीसी र सुप्रिम डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंकको मर्जरलाई प्रक्रियालाई अन्तिम स्वीकृति दिएको एक सञ्चालकले क्लिकमाण्डूलाई जानकारी दिए ।

यी बैंकहरुले गत साउन १७ गते कात्तिक १ गतेदेखि एकीकृत कारोबार गर्ने उद्देश्यसहित मर्जरका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए ।

मर्जपछि बैंकको बन्ने बैंकको नाम नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक नै रहनेछ । तर, सम्झौतापत्रअनुसार बैंकको लोगो भने परिवर्तन गरिने छ । मर्जपछि बैंकको चुँक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ ।

यसअघि एनसीसी र कुमारी बैंक मर्जरको प्रक्रियामा थिए । तर, गत असार अन्तिममा भएको कुमारी बैंकको साधारणसभाले एनसीसीसँग मर्जरमा नजाने निर्णय गरेपछि एनसीसीलाई संकट परेको थियो ।

किनभने राष्ट बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनैपर्ने व्व्यवस्था लागू गरिसकेको छ । जबकी ४ वटा विकास बैंक्हरुसँग मर्जरमा गएपछि पनि बैंकको चुक्ता पुँजी ४ अर्ब ६८ करोड रुपैयाँ मात्रै हुने छ ।

एनसीसी बैंकले अपुग रकम हकप्रद सेयर जारी गरेर र चालु आर्थिक वर्षको नाफाबाट आगामी आर्थिक वर्षमा बोनस सेयर दिएर राष्ट बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ ।


क्लिकमान्डु