पैसाको युगः नुन र सुन साटासाटदेखि प्लास्टिक मनिसम्म

प्लास्टिक मनीले यसरी बदल्दैछ हाम्रो जीबनशैली

पुष्प दुलाल २०७३ मंसिर ८ गते १२:५० मा प्रकाशित

money-3
काठमाडौं । हजुरबाहरुको पालामा सामानसँग सामान साटिन्थ्यो । भोटको नून खान कानको सुन दिनुपथ्र्यो । अर्थात् बस्तु विनिमय प्रणाली । त्यसबेला नगदको कारोबार नै हुँदैनथ्यो भन्दा पनि हुन्छ ।

बा–आमाका पालामा नगदको कारोबार हुन थाल्यो । तर, ब्यक्तिसँग । अर्थात् वस्तु विनिमयको साधन साहू महाजनको हातमा हुन्थ्यो ।३०÷३५ वर्षको युवासँग ऊ बच्चा हुँदा बा–आमाले घरको बाकसमा पैसाको बिटो राखेको अनुभव छ । वा भनौं उसले देखेको छ ।

बा–आमाको जमानासम्ममा गाउँगाउसम्म बैंक पुगेका थिएनन् । शहर र बजारको विकास पनि राम्ररी भएको थिएन । आवतजावतको लागि यातायातको साधन पनि थिएनन् ।

धेरै स्थानमा बैंकको पहुँच नपुगेको र बैंकसँग कारोबार गर्नुपर्छ भन्ने चेतना प्रवाह नभएकोले त्यो बेला सिरानी मुनी पैसाको बिटो राख्नुपर्ने बाध्यता थियो भन्छन् राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री ।

पछिल्ला वर्षहरुमा मात्रै नेपालका होटल, रेस्टुराँ, सपिङ कम्प्लेक्स, विगमार्टहरुले स्मार्ट कार्ड स्वाप गर्न मिल्ने मेसिन राख्न थालेका छन् । जसले पैसा बोकेरै हिँड्नुपर्ने युगको अन्त्य हुँदै गरेको संकेत गर्छ ।

‘०२३/२४ सालतिर हाम्रो घर भत्कियो, भत्केको घरमा बाँसको ढुंग्रोभित्र पैसा भेटियो, त्यो पैसा त आमाले बर्षौंदेखि लुकाएर राखेको पैसा पो रहेछ,’ क्षेत्री सम्झन्छन् ।

त्यो बेलासम्म बैंकबाट कारोबार गर्नुपर्छ भन्ने जानकारी र अनुभब आफूहरुलाई नभएको क्षेत्रीको भनाइ छ । क्षेत्री नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर अवकाश पाइसकेपछि राष्ट्र बैंकको गभर्नर बनेका थिए । अर्थात् उनले आफ्नो जीबनको करिब ३० बर्ष राष्ट्र बैंकमै बिताए ।

आधुनिक बैंकिङ प्रणालीको विकास गर्ने र सर्वसाधारणलाई बैंकमार्फत् कारोबार गर्न अभ्यस्त बनाउने जिम्मेवारी पाएको राष्ट्र बैंकमै त्यति लामो समय काम गरेका क्षेत्रीले अर्को एक रमाइलो प्रसंग पनि सुनाए, जुन आफैमा अनौठो पनि छ ।

पूर्वगर्भनरसमेतले एटिएम लगायतका स्मार्ट  कार्डको प्रयोग गर्दैनन् भने अरु समकालिनले प्रयोग गर्लान् भनेर भनिरहनु नपर्ला ।

‘वास्तबमै भन्नुहुन्छ भने म पुरानो पुस्ताकै मान्छे हूँ, मैले अहिलेसम्म प्लास्टिक मनि अर्थात् कुनैपनि प्रकारका कार्डहरुको प्रयोग गरेको छैन,’ क्षेत्रीले रहस्य खोल्दै क्लिकमान्डुसँग भने ।

vija-card

पुरानो पुस्ता प्लास्टिक मनिको प्रयोगमा अझै अभ्यस्त नभएको उनको भनाइले दर्साउछ । पूर्वगर्भनरसमेतले एटिएम कार्डको प्रयोग गर्दैनन् भने अरु समकालिनले प्रयोग गर्लान् भनेर कम विश्वास गर्नुपर्ने हुन्छ । पुरानो पुस्ताले आधुनिक बैंकिङमा प्रयोग हुने कार्ड चलाएकै छैनन् भन्ने होइन । कम प्रयोग गर्छन् भन्ने मात्रै हो ।

०४६ सालमा राजनीतिक परिवर्तन भयो । ०४७ सालमा संविधान बन्यो । त्यो संविधानले सरकार नियन्त्रित आर्थिक नीतिलाई परिवर्तन गर्दै सार्वजनिक–निजी–साझेदारीको अवधारणा ल्यायो ।

०४८ सालको आम निर्वाचनपछि नयाँ सरकार बन्यो । त्यो सरकारले आर्थिक उदारीकरणको नीति लियो । बैंकिङ क्षेत्रमा निजी क्षेत्रको लगानी खुल्ला गरियो । निजी क्षेत्रबाट र विदेशी बैंक वित्तीय संस्थाको संयुक्त लगानीमा बैंक खुल्न थाले । आर्थिक उदारीकरण र निजीकरणको कारणले नेपालमा अत्याधिक सफल र विकसित भएको क्षेत्रमध्येमा बैंकिङ पनि पर्यो ।

नेपालमा प्लास्टिक मनि अर्थात् एटीएम कार्ड, भिजा कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्डप्रति उपभोक्ताहरुको आकर्षण बढ्दो छ । जसले बैंकिङ उपभोक्ताहरुको जीवनशैलीमै ठूलो परिवर्तन ल्याएको छ । अझ भनौं क्रान्तिकारी छलाङ नै मारेको छ ।

वित्तीय क्षेत्रको विकाससँगै बैंकिङ कारोबार गर्नुपर्छ भन्ने चेतना विस्तार हुन थाल्यो । मान्छेहरु बैंकमा लगेर पैसा जम्मा गर्न थाले । चेक काटेर पैसा निकाल्न थाले । आजभन्दा १५/२० वर्षअघिसम्म बैंकमा पैसा जम्मा गर्न र निकाल्न घन्टौं लाइन बस्नेहरु अहिलेपनि छ्यापछ्याप्ती भेटिन्छन् ।

लाहुरेहरु पैसाको विटो बोकेर गाउँ फर्किन्थे । कतिपय बाटोमै लुटिन्थे पनि । अहिले खाडीको कुनै निर्माण कम्पनी वा युरोप अमेरिकाको सुविधासम्पन्न डिपार्टमेन्ट स्टोरमा काम गर्नेहरुले नेपालका दुर्गम गाउँमा बस्ने आफन्तलाई सजिलै पैसा पठाइरहेका छन् । यति मात्रै होइन, अनलाइन र मोबाइल बैंकिङ मार्फत चाहेको आफन्तको खातामा पैसा जम्मा गरिदिइरहेका छन् ।

नेपालमा पहिलो पटक ०५२ सालमा हिमालयन बैंकले एटिएम सेवा सञ्चालन गरेको हो । ६० को दशकअघिसम्म एटीएम प्रयोगकर्ताहरु औंलामा गन्न सकिन्थे भन्छन् बैंकर संघका उपाध्यक्षसमेत रहेका एनबि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना ।

card-swaapअहिले अवस्था फेरिएको छ । निक्षेप राख्न बैंकमा खाता खोल्नेहरुको संख्या सवा करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ४६ लाख ५७ हजार एटिएम कार्डहरु जारी गरेका छन् । ब्राञ्चलेस बैंकिङको संख्या हजार पुगिसकेको छ । ब्राञ्चलेस बैंकिङका २१ लाख ३० हजारभन्दा बढी ग्राहक छन् । मोवाइल बैंकरको संख्या उत्तिकै बढ्दो छ ।

पछिल्ला वर्षहरुमा मात्रै नेपालका होटल, रेस्टुराँ, सपिङ कम्प्लेक्स, विगमार्टहरुले कार्ड स्वाप गर्ने मेसिन राख्न थालेका छन् । जसले पैसा बोकेरै हिँड्नुपर्ने युगको अन्त्य हुँदै गरेको संकेत गर्छ ।

‘स्मार्ट कार्डको प्रयोगले पैसाको कारोबार गर्न उपभोक्तालाई सजिलो मात्रै बनाएको छैन, बैंकहरुको सेवालाई प्रभावकारी पनि बनाएको छ,’ सीइओ ढुंगाना भन्छन्, ‘यस्तो प्रविधिको प्रयोग नहुँदो हो त बैंकहरुले एकै समय लाखौं ग्राहकलाई सेवा दिन सक्दैनथे ।’

बैंक तथा वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धि र प्रतिस्पर्धाले भित्रिएको नयाँ–नयाँ प्रविधिले बैंकमा रकम जम्मा गर्न र झिक्न घन्टौं लाइन बस्नुपर्ने अवस्था फेरिएको बताउँछन् राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डित ।

पछिल्ला दिनहरुमा नेपालमा प्लास्टिक मनि अर्थात् एटीएम कार्ड, भिजा कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्डप्रति उपभोक्ताहरुको आकर्षण बढ्दो छ । जसले बैंकिङ उपभोक्ताको जीवनशैलीमै ठूलो परिवर्तन ल्याएको छ । अझ भनौं क्रान्तिकारी छलाङ नै मारेको छ ।

‘विदेशतिर त सानो चिया पसल, हजाम, रिक्सावाला सबैले कार्ड स्वाप गर्ने मेसिन राखेका हुन्छन् र ग्राहकले बैंकले जारी गरेका स्मार्ट कार्डहरु स्वाप गरेर भुक्तानी गर्न पाउँछन्’ थापा भन्छन् ।

अहिलेको पुस्तालाई न नगदको कारोबार गर्नुपर्ने झन्झट छ न त चेक साट्न बैंकमा घन्टौं लाइन बस्नुपर्ने बाध्यता नै । प्रविधिसँगै प्लास्टिक मनीको विकासले अहिलेको पुस्तालाई स्मार्ट मात्रै बनाएको छैन, कारोवार सुरक्षा, समयको बचत र झन्झट कम गरिदिएको छ ।

गत वर्षमात्रै एटिएमबाट ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार २०७३ भदौ मसान्तसम्ममा बैंकहले १९ सय ८ वटा एटिएम काउन्टर सञ्चालनमा ल्याएका छन् । हाल १ सय ७६ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन् । ती संस्थाहरुले ४६ लाख ५७ हजार १ सय २५ वटा एटिएम कार्ड जारी गरेका छन् । जसमध्ये २८ बाणिज्य बैंकका १ हजार ६ सय ६१ वटा एटिएम काउन्टर छन् भने ४१ लाख ४२ हजार ३ सय ९० एटिएम कार्ड छन् ।

atm

 

त्यसैगरी, विकास बैंकका २ सय ३० एटिएम काउन्टर र ४ लाख ६९ हजार ३ सय १८ एटिएम कार्ड प्रयोगमा छन् । फाइनान्स कम्पनीहरुका १६ एटिएम काउन्टर छन्, जसका ३५ हजार ४ सय १६ एटिएम ग्राहक छन् ।

प्लास्टिक मनि अहिलेको पुस्ताको रहर मात्रै नभई आवश्यकता पनि भएको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । त्यसो त राष्ट्र बैंकले पनि क्यासलेस बैंकिङलाई प्राथमिकता दिँदै आएको छ, जसले बैंकहरुलाई त्यसतर्फ जान प्रोत्साहन गरेको छ ।

‘विदेशतिर त सानो चिया पसल, हजाम, रिक्सावाला सबैले कार्ड स्वाप गर्ने मेसिन राखेका हुन्छन् र ग्राहकले बैंकले जारी गरेका स्मार्ट कार्डहरु स्वाप गरेर भुक्तानी गर्न पाउँछन्’ थापा भन्छन् ।

भौतिकरुपमा पैसाको कारोबार गर्दा झन्झट मात्रै होइन, जोखिम पनि बढी हुने भएकाले विश्वभरको वित्तीय प्रणाली स्मार्ट प्रविधिमा जोडिन पुगेको उनको ठम्याइ छ ।

‘नेपालमा भने बैंकिङको विकास नै पछिल्लो समयमा भयो, जसकारण अझैपनि धेरै मान्छेहरुमा बैंकसँग कारोबार गर्नुपर्छ भन्ने चेतना छैन,’ थापाले भने, ‘स्मार्ट कार्डहरुकै प्रयोगको कुरा गर्ने हो भने पनि गणतन्त्रको स्थापनापछि मात्रै राम्रोसँग वृद्धि हुन थालेको हो ।’

पछिल्ला वर्षहरुमा मात्रै नेपालका होटल, रेस्टुराँ, सपिङ कम्प्लेक्स, विगमार्टहरुले कार्ड स्वाप गर्ने मेसिन राख्न थालेका छन् । जसले पैसा बोकेरै हिँड्नुपर्ने युगको अन्त्य हुँदै गरेको संकेत गर्छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स