भूकम्प प्रभावित जिल्लामा ब्रोडब्याण्ड सेवा विस्तार गर्न प्राधिकरणले माग्यो आवेदन



man sitting near the globe with Laptop

५ मंसिर, काठमाडौं । भूकम्प प्रभावित जिल्लाहरुमा इन्टरनेटको पहुँच पुर्याउने गर्ने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तारका लागि आवेदन मागेको छ ।

प्राधिकरणले भूकम्प प्रभावितमध्ये गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली र ओखलटुङ्गा मा ब्रोडब्याण्डमार्फत इन्टरनेट पुर्याउन आवेदन मागेको हो ।

प्राधिकरणले गरेको माग आवेदनमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आवेदन दिन सक्नेछन् । इच्छुक कम्पनीहरुले पुस १९ गतेभित्र प्राधिकणको कार्यालयमा आवेदन फारम बुझाउनुपर्ने छ ।

आवेदन फारमसँगै ८ हजार रुपैयँ धरौटी राख्नुपर्ने छ भने आवेदन दस्तुर १० हजार रुपैयाँ छ । धरौटी फिर्ता हुने भएपनि आवेन दस्तुर भने फिर्ता नहुने प्रधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले क्लिकमाण्डूलाई बताए ।

प्राधिकरणले छनोट गरेका कम्पनीहरुले तोकिएका जिल्लामा एक वर्षभित्र इन्टरनेट सेवा प्रदान गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार तयार गर्नुपर्ने छ ।

भूकम्पबाट अति प्रभावित ७ जिल्लाका सबै गाविस भवन, माध्यमकि देखि उच्च माध्यमिक स्कुल, अस्पताल र सरकारी कार्यालयका ब्रोडब्याण्ड सेवामार्फत इन्टरनेट पुर्या्उने प्राधिकरणको वार्षिक कार्ययोजनामा उल्लेख छ ।

प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम भूकम्प प्रभावित जिल्लाहरुमा ब्रोडब्याण्ड सेवा विस्तार गर्नमा खर्च गर्ने प्रवक्ता अर्यालले बताए ।


क्लिकमान्डु