हजार र ५ सयका भारू नोट प्रतिबन्ध पछि अनलाइन भुक्तानी दोब्बर



onlinepayment२९ कात्तिक, काठमाडौं । भारत सरकारले ५०० र १००० रुपैयाँको नोटमा प्रतिबन्ध लगाएको असर खुद्रा व्यवसायिक क्षेत्रमा परे पनि अनलाइन पेमेन्ट नेटवर्क पेटिएमको कारोवार भने दोब्बर भएको छ ।

भारतीय आर्थिक पत्रिका दि मिन्टका अनुसार पेटिएमबाट हुने भुक्तानीको दर नोटमा लागेको प्रतिबन्ध पछि ७ सय प्रतिशतले बढेको हो ।

पेटिएमका अनुसार पछिल्लो शुक्रवार र शनिबार पेटिएम प्रयोग गरेर भुक्तानी गर्नेको संख्या ५० लाख पुगेको छ । सन् २०१७ को मार्चसम्ममा पेटिएमले २४ हजार करोड भारुको कारोवार हुने जनाएको छ ।

ठूला नोटमा लागेको प्रतिबन्धपछि अनलाइन पेमेन्ट साइट डाडनलोड गर्नेको सख्यापनि बढेको छ । मंगलवार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटमा प्रतिबन्ध लगाएपछि अर्को दिन पेटिएमले भारतीय पत्रिकामा त्यसको स्वागत गर्दै ज्याकेट विज्ञापन दिएको थियो ।


क्लिकमान्डु