नेपाल एयरलाइन्समा जागिर खुल्यो, एसएलसी पासले पनि आवेदन दिन सक्ने



nepal_airlines

काठमाडौं । नेपाल एयरलाइन्सले पाइलटदेखि जनरल टेक्निसियनसम्म १५ प्राविधिक पदमा ७२ दरबन्दी सहित जागिर खुल्ला गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै एयरलाइन्सले २१ दिन भित्र आवेदन माग गरेको छ ।

दरबन्दी अनुसार सबैभन्दा बढि जुनियर फ्लाइट डिस्प्याचर १० जना र ग्राउन्ड इक्युप्मेन्ट अपरेटर १० जना माग गरिएको छ । सिनियर क्याप्टेन ९, क्याप्टेन ७, जुनियर क्पाटेन ७ र जनरल टेक्निसियन ५ जनाले रोजगारीको अवसर पाउने भएका छन् ।

सिनियर पाइलटमा १० वर्षको अनुभव चाहिन्छ भने ग्राउन्ड इक्युप्मेन्ट अपरेटर र जनरल टेक्निसिनमा प्राविधिक विषयमै एसएलसी पास गरेकाले आवेदन दिन सक्ने छन् ।

सबै पदमा विदेशी नागरिकले भने आवेदन दिन पाउने छैनन् । मुलुकमा हवाई उड्डयन बजार सानो भएकाले पाइलट लगायत हवाई उड्ययन क्षेत्रमा अध्ययन गर्नेले खासै अवसर पाउन सकेका छैनन् ।

क्पाप्टेन पदमा सुरुमै सेवा प्रवेश गर्नेलाई भने एयरलाइन्सले स्थायी नियुक्ति दिने छैन् । एयरलाइन्सले दिने तालिममा उतिर्ण भएर परीक्षणकाल पुरा गरेपछि मात्र स्थायी गरिने सूचनामा उल्लेख छ ।

सूचना यहाँ हेर्नुस्


क्लिकमान्डु