धनगढिमा ५ दिने सूचना प्रविधि मेला



can_dhangadiकाठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) कैलालीले धनगढिमा ५ दिने सूचना प्रविधि मेला आयोजना गरेको छ । मेलाको शनिवार माओवादी केन्द्रका नेता लेखराज भट्टले उद्घाटन गरे ।

धनगडीमा पहिलोपटक यस्तो मेला आयोजना गरिएको हो । ‘सूचना प्रविधि सबैका लागि’ भन्ने नाराका साथ सुरू भएको मेलामा प्रविधि सम्बन्धी ६२ वटा इस्टल राखिएको छ ।

ओम प्यालेस स्थित मेलामा मोबाइल, कम्प्युटर लगायत सूचना प्रविधि सम्बन्धी कम्पनीहरूले छुटको सहित सेवा र सामानको बिक्रीका लागि राखेका छन् । मेला असोज १८ सम्म चल्ने छ ।


क्लिकमान्डु