देशभरका भूकम्प मापन केन्द्रहरू अब डिजिटलमा



14371881_10202262954011324_1030423622_n

काठमाडौं । खानी तथा भू-गर्व विभाग अन्तर्गत रहेका देशभरका २१ वटा भूकम्प मापन केन्द्र डिजिटल प्रविधिमा संचालन हुन थालेका छन् ।  यसबाहेक देशभरका २९ जिपीएस केन्द्रले संकलन गर्ने सूचना पनि अब डिजिटल हुने भएका छन् ।

फ्रान्सको भूकम्प सम्बन्धी अध्ययन गर्ने संस्था डिपार्टमेन्ट एनालाइसिस सर्भिलिएन्स इन्भारमेन्ट ‘डिएएसइ’को सहयोगमा सबै मापन केन्द्रहरु डिजिटलाइज्ड भएका हुन् ।

केन्द्रहरूले संकलन गर्ने तथ्याकं प्रशोधन तथा मापन आधुनिक तरिकाले गर्नका लागि डिजिटल प्रविधि जडान गरिएको खानी तथा भूगर्भ विभागका उपसचिब पृथ्वीलाल श्रेष्ठले जानकारी दिए ।

एनलग प्रविधिबाट संचालन भइरहेको मापन केन्द्रहरु अब डिजिटल प्रविधिमा आएका हुन् । यो प्रविधिमा सिग्नल डिजिटल हुने वा एपिसेन्सी हाइ भएर आउँदा डाटा सफा र गुणस्तरको देखिन्छ ।

विभागसाग हाल नेपाल भित्र दुई रेक्टर स्केलभन्दा ठूला र विश्वको जुनसुकै स्थानको पाँच रेक्टर स्केलभन्दा ठूला भूकम्प एनालग प्रविधि मार्फत नेपालबाटै मापन गर्दै आइरहेको थियो ।

14355993_10202262955371358_618659612_n


क्लिकमान्डु