मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्म छुट



mobile-logo
काठमाडौं । भदौ २४ गते शुक्रवार देखि आयोजना हुने ललितपुर मोबाइल एक्स्पोमा मोबाइल खरिदमा ७ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको ललितपुर मोबाइल एक्स्पोले जनाएको छ ।

स्थापनाको पहिलो वार्षिकोत्सवमा आयोजना हुन लागेको उक्त महोत्सवमा मोबाइल खरिदमा छुटका साथै विभिन्न उपहारहरू पुरस्कारको रुपमा राखिएको छ ।

यो महोत्सवमा सामसुङ, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक र जेडटिईले  आफ्ना मोबाइलहरू प्रदर्शित गर्नेछन् । यो बाहेक महोत्सवमा मोबाइलका अन्य एसेसरिजहरू पनि उपलब्ध हुने एक्सपोका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार यसपटक धेरै ब्राण्डहरुले आफ्ना नयाँ मोबाइल सेटहरुलाई यसै मेला मार्फत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

असोज ३ गतेसम्म चल्ने महोत्सवमा विभिन्न ४० कम्पनीहरूले आफ्नो सेल्स र सर्भिसिङ सेन्टरहरू पनि स्थापना गरेका छन् । जसमा ग्राहकले नयाँ मोबाइल फोनको वारेमा जानकारी पाउनुका साथै एक्सचेन्ज गर्ने र रिपेयर गर्ने सुविधा समेत पाउनेछन् । यो एक्स्पोमा ९ सय देखि १ लाख रूपैँया सम्म पर्ने मोबाइलहरू राखिनेछन् ।


क्लिकमान्डु