क्यान कमटेक मेलामा के के आउँदैछ?



cantech_01
आगामी भदौं २३ गते देखि आयोजना हुने सुबिसु क्यान कमटेक प्रदर्शनी अन्तिम चरणमा रहेको आयोजक समितिले पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने यसपटकको आयोजनाको नाम ‘सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ’ राखिएको छ । यो मेला मार्फत आयोजकले इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शन गर्ने बताइए पनि उपभोक्ताहरूलाई लक्षित गरेर विभिन्न योजनाहरु पनि अघि सारेको छ । ८७ वटा विभिन्न कम्पनीहरूले सहभागिता गरेको यो मेलामा इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी सल्युसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस् र पेमेन्ट सोलुसन्स्ले सहभागिता गरेका छन् ।

सुबिसुले यस मेलामा आफुले ल्याएको क्लियर टिभि र इन्टरनेट सेवामा आकर्षक योजना ल्याउने छ । यसैगरी सामसुङले टर्वो स्पिड टेक्नोलोजी, एस वाईक मोड, अल्ट्रा डाटा सेभिङ मोड भएको जे सिरिजका मोबाइल फोनहरुलाई प्रदर्शनमा राख्ने छ । यो बाहेक सामसङले नोट सेभेन र भर्चुअल रियालिटी डिभाइस (गिएर भिआर) को आनन्द पनि आफ्नो स्टलमा आउने ग्राहकलाई दिने छ ।

वायरलेस इन्टरनेटको क्षेत्रमा काम गरिरहेको वेभसर्फरले उपत्यका र उपत्यकाका नजिकका शहरहरूमा विभिन्न केवल टेलिभिजनहरुसंग सहकार्य गरेर सस्तो तथा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा दिने छ । इओसी प्रविधि मार्फत दिइने यो सेवालाई कम्पनीले टिभीनेट नामकरण गरेको छ । कम्पनीले उपलब्ध गराउने ब्रोडब्यान्ड राउटरबाटै ग्राहकले सस्तो मूल्यमा इन्टरनेट, टि.भी को साथै भविष्यमा इन्टरनेट फोनको समेत सुविधा पाउनेछन् । यसै मेला मार्फत सार्वजनिक गरिएको टिभीनेट सेवाको ग्राहक बन्दा नि:शुल्क जडान, नि:शुल्क राउटरको साथै अरू थुप्रै आकर्षक छुट एंव अफरहरू पाउनेछन् ।
नेपाल टेलिकमले जानकी टेक्नोलोजीसंग मिलेर ५० रुपैंयामा ५० रुपैंया नै टकटाइम भएको प्रिपेड सिम कार्ड उपलब्ध गराउने छ । यो बाहेक सहभागी भएका अधिकांश कम्पनीहरूले आफूले प्रस्तुत गर्ने सामाग्रीहरुमा छुट र अफर ल्याउने बताएका छन् ।


क्लिकमान्डु