लोडसेडिङ हटाउन कम्तिमा ३ वर्ष: उर्जा मन्त्री



janardhan-sharmaकाठमाडौं । उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले अघिल्लो सरकारले भने जस्तो तत्काल लोड सेडिङ हट्ने सम्भावना नरहेको बताएका छन् । सरासर काम गर्दा पनि कम्तीमा तीन वर्ष लाग्ने उनको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधवार आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री शर्माले भने ‘ २ वर्षमा लोडसेडिङ मुक्त गर्न पनि दिनमा १८ घन्टा खटिनु पर्छ ।’

आफूले समस्याग्रस्त आयोजनाहरूको अध्ययन गर्दै समाधानको बाटो खोजिरहेको मन्त्री शर्माले बताए । कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारीले औद्योगिक क्षेत्रलाई प्रतिवद्धता अनुसार सरकार र विद्युत प्राधिकरणबाट सहयोग नभएको गुनासो गरेका थिए ।


क्लिकमान्डु