एक्काइस जलविद्युत् आयोजनाको भविष्य अन्यौल



Nepal_Hydro
विभिन्न २१ वटा जलविद्युत आयोजनाले निर्माण प्रारम्भ र सर्त पालना नगरेको जनाउदैं नेपाल बिद्युत् प्राधिकरणले उनीहरुसंग गरेको बिद्युत् खरिद संझौता (पिपिए) खारेज गरेको छ ।

विद्युत् प्राधिकरणले ४ सय ६५ किलोवाट देखि  १८ मेगावाट क्षमतासम्मका बिद्युत् आयोजनाहरुको संझौता खारेज गरेको हो । यसरी खारेज भएका आयोजनाहरुको कुल क्षमता १ सय २९ मेगावाट रहेको प्राधिकरणले जनाएको छ । यसरी खारेज हुनेहरूमा १८/१८ मेगावाट क्षमताको तल्लो बलेफी, माथिल्लो सोलु, माथिल्लो मोदी (१४), लाङ्टाङ् र मादी पहिलो (१०/१०) तल्लो सुनकोसी दोस्रो ९ दशमलव  ९ मेगावाट समेत रहेका छन् ।

यी आयोजनाहरुको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) खारेज भएको, सम्झौताअनुसार काम नभएको र समयमा लगानी जुटाउन नसकेको जनाउदै उनीहरूको पिपिए खारेज गरेको जनाएको छ । पिपिए खारेजीपछि यी आयोजनाको भविष्य अनिश्चित भएको छ ।
प्राधिकरणका अनुसार निजी क्षेत्रले काम गरिरहेका कुल ४३ आयोजना सम्झौता भएर अगाडि बढेका छन् । ती आयोजनाको क्षमता ७ सय ७८ मेगावाट हुन्छ ।

नेपालमा अहिले ९२ वटा आयोजना निर्माणका क्रममा रहेका छन् । ती आयोजनाको क्षमता १ हजार ७ सय २६ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।


क्लिकमान्डु