के हो स्मार्ट सिटी ? नेपालको तयारी के छ?



Smart-City_01a
सामान्यतया ‘स्मार्ट सिटी’ भनेको त्यस्तो सहर हो, जहाँको भौतिक संरचना, दीर्घकालीन निर्माण, सञ्चार र बजार अत्याधुनिक हुन्छ । यसलाई पूर्ण व्यवस्थित शहरको रुपमा परिभाषित गरिन्छ । आधुनिक शहरमा आवश्यक पर्ने कुनैपनि विषय नछुटेको शहरलाई स्मार्ट सिटी भनिन्छ । यस्तो शहरमा सूचना प्रविधिलाई प्राथमिक पूर्वाधारको रुपमा राखिएको हुन्छ र यसैमार्फत यहाँका बासिन्दालाई सेवा दिइन्छ । यहाँ अटोमेटिक सेन्सर र डाटा सेन्टर समेत हुनेछन् ।

स्मार्ट सिटीमा अटोमेटिक ट्राफिक संकेत हुनेछन् । सहर ठुलो भएपछि सबैभन्दा ठुलो समस्या सवारी व्यवस्थापनमा हुने भएकाले यस्तो समस्या समाधान गर्न स्वचालित रूपमा सवारी साधनलाई निर्देशन गर्ने संयन्त्र स्मार्ट सिटीमा हुन्छ । यस्तो शहरमा नीजिलाई भन्दा पनि सार्वजनिक सवारीका साधनलाई बढी प्राथमिकता दिइनेछ र यहाँ पनि सूचना प्रविधिको व्यापक प्रयोग गरिएको हुनेछ ।

कुनै सवारी दुर्घटना भए बटन थिचेपछि उद्धारका लागि सूचना सम्बन्धित निकायमा जानेछ । यसबाहेक, सहरका हरेक कुनामा सीसी क्यामेरा जडान गरिनेछन् र कन्ट्रोल रुममा बसेर सहरको गतिविधि निगरानी गर्न सकिनेछ ।

कुनै सवारी दुर्घटना भए बटन थिचेपछि उद्धारका लागि सूचना सम्बन्धित निकायमा जानेछ । यसबाहेक, सहरका हरेक कुनामा सीसी क्यामेरा जडान गरिनेछन् र कन्ट्रोल रुममा बसेर सहरको गतिविधि निगरानी गर्न सकिनेछ ।

अर्को विशेषता भनेको डाटा सेन्टर पनि हो । यस्ता केन्द्रहरूमा सहरबारे हरेक सूचना उपलब्ध हुनेछ । त्यसैगरी, अपराधीको पहिचान गर्न ‘फेस आइडेन्टिफिकेसन सिस्टम’ हुनेछ । संदिग्धको फोटो र डीएनए कम्प्युटरमा राखेलगत्तै उनको विगत र अपराधका बारेमा तुरुन्त जानकारी लिन सकिनेछ । पार्किङका लागि मानिसहरूले यताउता भौतारिनुपर्ने छैन । कुनचाहि पार्किङ स्थलमा ठाउँ छ भन्ने जानकारी गाडीमै पाइनेछ । यसले प्रदूषणलाई समेत घटाउनेछ ।

स्मार्ट सिटीमा टेली उपचारको प्रयोग व्यापक हुनेछ । चिकित्सकलाई देखाउन लाइनमा घन्टौं बस्नुपर्ने छैन । घरमै बसेर विशेषज्ञ उपचार हासिल गर्न सकिनेछ । त्यसैगरी, सडकमा विशेषखाले बत्ती हुनेछ, जसको चमक साँझ, राति र बिहानमा आवश्यक अनुसार फरक–फरक हुनेछ ।
हरेक घरमा पानी र बिजुलीको खपत कति भैरहेको छ भन्ने कार्यालयबाटै हेर्न सकिनेछ । यस्ता सहरमा फोहोर व्यवस्थापन पनि अत्याधुनिक हुनेछ । शहरको कुन ठाउँमा फोहोर थुप्रिएको छ भनेर हेर्न समेत सकिनेछ ।

स्मार्टफोन एप्लिकेसनबाट सबैभन्दा नजिक रहेको ट्याक्सीलाई घरसम्मै बोलाउन सकिनेछ । पानी, पार्क र हरियालीले सुन्दर र आकर्षक मात्रै होइन पूर्ण वातावरण मैत्री हुनु पनि ‘स्मार्ट सिटी’को अर्को विशेषता हो । जनता, सरकार, अर्थतन्त्र, आवागमन, वातावरण र जीवनस्तरलाई स्मार्ट बनाए सिंगो शहर स्मार्ट बन्ने मान्यता छ ।

संसारमा न्यूयोर्क, फ्रेन्च सिटी, लण्डन, बार्सिलोना, सिंगापुर, पेरिस, बर्लिन, टोकियो र कोपनहेगन लगायतका शहरहरु ‘स्मार्ट सिटी’को रुपमा विकास भइसकेका छन् ।

नेपालमा कसरी गरियो स्मार्ट सिटीको परिकल्पना ?

सन् २०१२ मा ‘लुम्बिनी शान्ति शहर’को गुरुयोजना बनाउने जमर्को भएको थियो । यसमा आधुनिक सूचना प्रणालीका सवै संयन्त्रहरुको परिकल्पना, पार्क, हरियाली र वातावरणमैत्री तथा प्रदूषणरहित शहरको रुपमा ‘लुम्बिनी शान्ति शहर’लाई अघि सारिएकाले लुम्बिनी शान्ति शहर नै स्मार्ट सिटीको रुपमा विकास हुन सक्छ ।

सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न काम अघि बढाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत नयाँ शहर आयोजनाले लुम्बिनी सहित निजगढ र पालुङ्टारलाई समेत स्मार्ट सिटीको रुपमा विकास गर्न परामर्शदाता छनोटका लागि सूचना जारी गरेको छ । छनोट हुने परामर्शदाता कम्पनीले संसारका महत्वपूर्ण स्मार्ट सिटीहरुको गुरुयोजना बनाएका विज्ञहरुको सहयोगमा काम गर्नुपर्ने प्रावधान छ ।


क्लिकमान्डु