स्मार्ट जुत्तामा संगीतको मजा, फिटनेसका सुविधा पनि



Lenovo Shoes_01लेनोभोले हालै हाइटेक स्मार्ट जुत्ता तयार पारेको छ । यो जुत्ताले साधारण प्रयोजनका साथै प्रयोगकर्ताको स्वास्थ्यको समेत ख्याल गर्छ । स्पोर्टी डिजाइनमा तयार गरिएका यस्ता जुत्ताले राम्रो बजार पाउन सक्ने सम्भावना देखिएको छ ।

कम्युटर प्रोसेसर निर्माणमा प्रख्यात इन्टेल कम्पनीलाई आफ्नो साझेदार बनाएर लेनोभोले नयाँ स्मार्ट जुत्ता डिजाइन गरेको हो । यसको सोलमा इन्टेलले विशेष किसिमको चिप जडान गरेको छ । यो चिपले प्रयोगकर्ताको शरीरको बिभिन्न हाउभाउको सुचना राख्ने गर्छ ।

यसमा फिटनेशका थुप्रै सुविधा छन् । तपाईं हिँड्दा-हिँडाइको गति र यसले शरीरमा कति क्यालोरी बर्न हुन्छ लगायत जानकारी संकलन गर्छ । साथै, प्रयोगकर्ताको मुटुको धड्कनको गति र स्थितिका बारेमा समेत चिपले जानकारी उपलब्ध गराउँछ ।

नृत्य गर्दै रमाउने मानिसलाई जुत्तामै संगीतको पनि व्यवस्था छ । यस जुत्तामा संगीतसँगै चम्किने प्रकाशको व्यवस्था समेत गरिएको छ । जुत्तामा रहेका बत्ती गीतको धुनका आधारमा यो चम्किन्छन् । कम्पनीले जुत्तामा विशेष अन्तरक्रियात्मक खेल पनि उपलब्ध गराएको छ । जुत्तामा समाहित यो फिचरले फिटनेशको स्तरलाई नयाँ आयाम दिने कम्पनीको दाबी छ ।

भिडियो हेर्नुहोस्:


क्लिकमान्डु