साउथ अफ्रिकन एयरलाइन्सले साढे ९ सय रोजगारी कटौती गर्दै




काठमाडौं । साउथ अफ्रिका सरकारको स्वामित्वमा रहेको साउथ अफ्रिकन एयरवेजले साढे ९ सय रोजगारी कटौती गर्ने भएको छ । कम्पनी अत्यधिक घाटामा गएपछि त्यसलाई व्यवस्थापन गर्नका लागि रोजगारी कटौती गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।

कर्मचारी कटौती र व्यवस्थापनका लागि कम्पनीले ५ हजारभन्दा धेरै कर्मचारी र श्रम संगठनहरुसँग छलफल गरिसकेको छ ।

एयरलाइन्सले सन् २०११ देखि अहिलेसम्म कुनै पनि वर्ष वार्षिक नाफा गर्न सकेको छैन । उक्त देशका अधिकारीले एयरलाइन्समा सेयर हाल्ने र कम्पनीलाई उकास्ने साझेदार खोजे पनि सफल हुन सकेका छैनन् ।

कर्मचारी हटाउने आधिकारिक निर्णय भइ नसके पनि ९४४ कर्मचारी प्रभावित हुने आँकलन गरिएको छ ।


क्लिकमान्डु