भारतका १५ बैंकमा १ खर्बभन्दा बढीको ठगी, सीबीआईले दर्ता गर्यो ३५ मुद्दा, देशभर खोजी

308
Shares

भारतको सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले ७० अर्ब भारु अर्थात् १ खर्ब १२ अर्ब नेपाली रुपैयाँ बराबरको बैंक ठगीको प्रकरणमा ३५ वटा मुद्दा दर्ता गरेको छ । मंगलबार सीबीआईले देशभरमा १६९ वटा स्थानमा खानतलासी गर्यो ।

सीबीआईले भारतको आन्द्रप्रदेश, चण्डिगढ, दिल्ली, गुजरात, हरियाना, कर्नाटक, केरला, मध्यप्रदेश, महाराष्ट्र, पञ्जाव, तमिलनाडू, तेलंगना, उत्तरप्रदेश, उत्तराखण्ड, दादार र नागर हवेलीमा कारबाही गर्यो ।

सीबीआईले आरोपीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

कुन-कुन बैंकमा ठगी भयो ?

एसबीआई, पीएनपी, आन्द्रा बैंक, ओरियन्टल बैंक अफ कमर्स, इन्डियन ओभरसिज बैंक, इलाहाबाद, केनरा बैंक, देना बैंक, पञ्जाव एन्ड सिन्ध बैंक, सेन्ट्रल बैंक अफ इन्डिया, युनियन बैंक अफ इन्डिया, आईडीबीआई बैंक, बैंक अफ बडोदरा, बैंक अफ महाराष्ट्र, बैंक अफ इन्डिया छन् ।

कुन-कुन सहरमा भइरहेको छ खोजतलास ?

सीबीआईले दिल्ली, गुरुग्राम, चन्डिगढ, देहरादुन, नोयडा, बारामती, मुम्बई, ठाणे, सिल्वासा, कल्याण, अमृतसर, फरिदाबाद, बैंग्लरु, तिरुपुर, चेन्नाई, मदुरई, क्विलान, कोचिन, भावनगर, सुरत, अहमदाबाद, कानपुर, गाजियाबाद, भोपाल, वाराणसी, चन्दौली, भटिन्डा गुरुदासपुर, मोरेना, कलकत्ता, पटना, कृष्णा र हैदराबादमा खोजतलास गरिरहेको छ । एजेन्सी