कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक, ऋणीले १८.६८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने



काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १९ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैकले नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागतमा ८.५० प्रतिशत छ । बैंकले १९ वटा बचत सञ्चालन गरिरहेको छ । अधिकांश बचत खातामा बैंकले ५.५० प्रतिशत र ६.५० प्रतिशत ब्याजदर तोकेको छ । युएसडी सेभिङ अकाउण्टमा भने २.५० ब्याजदर तोकेको छ ।

बैंकको बेसरेट १०.८९ प्रतिशत र स्प्रेडदर ३.७५ प्रतिशत रहेको छ । बैंकले हाल १५ प्रकारका कर्जा दिइरहेको छ । जसमा ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १६.६८ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

त्यस्तै, बैंकले होम लोन, एजुकेशन लोन, अटो लोन, प्रोफेस्नल लोन, सेयर धितो कर्जा र अन्य कर्जा लिनेका लागि भने १८.६८ प्रतिशत ब्याज तोकेको छ ।


पुष्प दुलाल