महंगा रक्सी सस्तो मूल्यमा खोज्दै हुनुहुन्छ ? बेच्दैछ सरकारले



काठमाडौं । तपाईलाई महंगो रक्सी सस्तोमा किन्न मन लागेको छ ? यदि छ भने तपाईका लागि सुनौलो मौका आएको छ । विदेशबाट ल्याइएका र विमानस्थलमा जफथ गरिएका त्यस्ता महंगा रक्सी सरकारले लिलामी गर्न लागेको हो ।

सरकारले ६ हजार ७१८ बोत्तल महंगा रक्सी लिलामी गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कूल १ करोड ३१ लाख ३१ हजार ५६५ रुपैयाँ मूल्य बराबरका ती रक्सी लिलामी गर्न लागेको हो । यात्रु जाँचपास तथा सहजीकरण शाखामा विभिन्न मितिमा जफथ भई दाखिला हुन आएका रक्सी लिलामी गर्न लागेको हो ।

विमानस्थल भन्सार कार्यालयले रक्सीको न्यूनतम मूल्य तोकेर नै लिलामीका लागि सूचना जारी गरेको हो । आफूले कबोल गरेको मूल्यको १० प्रतिशतले हुन आउने धरौटी रकमसहित शिलबन्दी फारम दर्ता गर्न आग्रह गरेको छ ।

विमानस्थल भन्सारले विभिन्न १४ वटा ब्राण्डका रक्सी लिलामी गर्न लागेको हो । त्यसमा भन्सारले ८४१ बोत्तलको १८ लाख ६२ हजार १७५ देखि १३९ बोत्तलको २ लाख ८३ हजार १२५ सम्मको मूल्य निर्धारण गरेको छ ।


क्लिकमान्डु