महरालाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति



काठमाडौं । बलात्कारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । यसअघि थपिएको समयमा अनुसन्धान नसकिएपछि म्याद थप्न महानगरीय अपराध महाशाखाले अदालत समक्ष माग गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले उक्त मागको सुनुवाइ गर्दै थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधिश सुदर्शनराज पाण्डेको इजलासले उक्त आदेश दिएको हो ।
बलात्कारको आरोप लागेका महरालाई गत असोज १९ गते सभामुख निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।


क्लिकमान्डु