प्रचण्ड भन्छन्- मन्त्री फेर्ने कुरा प्रधानमन्त्रीले मलाई नसोधिदिए हुन्थ्यो



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री फेरबदल गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नसोध्न आग्रह गरेका छन् । मन्त्रिमण्डल हेरफेरको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको भएको उनको भनाइ छ ।

‘सरकार परिर्वतनको कुरा मलाई नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ। यो प्रधानमन्त्रीको क्षेत्राधिकारभित्रको कुरा हो। उहाँले जे सोच्नुहून्छ त्यही हुन्छ,’ शुक्रबार धनगढीमा पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले भने ।

पछिल्लो समय मन्त्रीमण्डल फेरबदल हुने चर्चा चुलिएको अवस्था प्रचण्डले यस्तो बताएका हुन् । तर, प्रचण्डले मन्त्रीहरुको फेरबदलका विषयमा प्रधानमन्त्री ओली र आफूबीच कुनै छलफल नभएको पनि खुलासा गरेका छन् ।

आफू पनि पार्टी अध्यक्ष भएका कारण सल्लाह भने हुने भएपनि बाहिर आएजस्तो भन्ने कुरामा सत्यता नभएको उनको भनाइ छ।


पुष्प दुलाल