आइतबारदेखि प्राइम बैंक र कन्काईले एकीकृत कारोबार गर्ने, शनिबार कन्काईका सबै सेवा बन्द
काठमाडौं । प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई गर्न लागेको एक्विजिशनको स्वीकृत भएकाले आइतबार भदौ २९ गतेदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।
शुक्रबार जारी सूचनामा एक्विजिशनपछि बैंकको रजिष्टर्ड केन्द्रीय कार्यालय प्राइम कमर्सियल बैंक लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरीमा कायम रहनेछ ।
एकीकृत कारोबार गर्दा दुबै संस्थाको तथ्यांकलाई सफ्टवेयरमार्फत वित्तीय कारोबार गर्नुपर्ने भएकाले भोलि भदौ २८ गते शनिबार एक दिन कन्काई विकास बैंकले प्रदान गर्दै आएको बैंकिङ सेवा, एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ लगायतका अन्य सेवाहरु बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।