सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको ‘रेमिट्ली’बीच रेमिट्यान्स सम्झौता
काठमाडौं । अमेरिकाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ ।
सम्झौतापछि अमेरिका, युरोप, क्यानडामा रहने नेपालीले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै मोबाइलबाट पैसा पठाउन सक्नेछन् ।
त्यस्तै, नेपालमा सिटी एक्सप्रेससँग आबद्घ ७ हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सक्नेछन् ।
त्यस्तै, कुनै पनि बैंकको खातामा सहजै रकम जम्मा गर्न पनि सकिने कम्पनीले जानकारी दिएको छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पन हाइम्रले हस्ताक्षर गरेका थिए ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टबाट ७ हजारभन्दा बढी नेपालका एजेन्टमार्फत् भूक्तानी प्रदान गर्दै आएको छ ।