पूर्वाधार सम्मेलनका लागि २१ वटा आयोजना सोकेसमा



काठमाडौं । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ गर्न लागेका छन् ।

सम्मेलनमा २१ वटा आयोजना सोकेशमा राखिने भएको छ । सम्मेलनको जानकारी दिन नेपाल उद्योग परिसंघले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको छ ।

सातै प्रदेशका मूख्यमन्त्री, योजना आयोगका उपाध्यक्षहरु उक्त सम्मेलनमा आउने छन् । मन्त्रीहरुले प्रदेशहरुले आ–आफ्ना प्रदेशका पूर्वाधारमा निजी लगानी ल्याउन ५४ परियोजनाहरु प्रस्तुत् गर्नेछन् ।
लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदाय समेत सह–आयोजक रहेको पूर्वधार सम्मेलन २०१९ ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’ को मूल नारासहित आयोजना गर्न लागिएको जनाएको छ ।

उक्त सम्मेलनमा भारतका ऊर्जा तथा नविकरणीय ऊर्जा मन्त्रालयका युनियन स्टेट मिनिस्टर राजकुमार सिंह, विश्व बैँकका उपाध्यक्ष जिगदोग ह्वा, एसियाली विकास बैंंकका महानिर्देशक वोचोग युम सहित सरकारका वरिष्ठ मन्त्रीज्यूहरु र पूर्वाधारका अन्य निजी लगानीकर्ताहरु सम्मिलित हुने कार्यक्रम तय भएको छ ।

सम्मेलनमा विश्व बैँक, एसियाली विकास बैँक यु एन डि पि लगायतका संस्था एवं मुलुक भित्रका विभिन्न संस्थाहरु गरी ४० साझेदारको रुपमा छन भने ८० जनाभन्दा बढी विशेषज्ञहरुले प्रमुख वक्ताको रुपमा ५० जनाभन्दा बढी विषयगत व्यक्तिहरु रहने छन् ।

विकास साझेदारका प्रमुखहरु, उपप्रमुखहरुले सो सम्मेलनमा भाग लिने गरी आयोजित दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुनेछन् । अहिलेसम्म ३०० जना आउने तय भएको बताइएको छ ।


क्लिकमान्डु