लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले आफ्ना सेयर धनीलाई २४.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.३० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ ।

कम्पनीले नेप्सेलाई दिएको जानकारी अनुसार बुधबार बसेको कम्पनीको ८५ औं सञ्चालक समितिको बैठकले  सो प्रस्ताव गरेको हो ।

बिमा समिति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित बोनस सेयर र नगद लाभांस बितरण गरिने कम्पनीले जनाएको छ ।

बोनस सेयर पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ३३ करोड पुग्ने छ ।


क्लिकमान्डु