अर्थमन्त्रीले भने- सेयर बजारलाई खेलौना नबनाउनोस्, आगोसँग खेल्दा आफैं जलिन्छ



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई खेलौना नबनाउन आग्रह गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १०औं वार्षिकोत्सव तथा साधारणसभामा मन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् ।

उनले सरकार सुदृढ पूँजीबजार विकासको पक्षमा रहेको जानकारी गराउँदै यही समयमा बजारलाई खेलौना बनाउनु तर्कसँगत नहुने बताए ।

‘यो सरकार बजारप्रतिको विस्वास बढाउन चाहन्छ, तर केही साथीहरुले सेयर बजारलाई खेलौना बनाउने काम गरिरहनु भएको छ,’ उनले भने, ‘ यदि त्यसो गर्नु भएको हो भने आजैबाट बन्द गर्नुहोस, आगोसँग खेल्दा आफै जलिन्छ भन्ने हेक्का तपाईहरुले राख्न आवश्यक छ ।’

सेयर बजार घटेको समयमा लगानीकर्ता मात्रै हैन सरकार पनि निकै चिन्तिन भएको जानकारी गराउँदै सरकारका विषयमा विभिन्न समयमा फैलायका हल्लाको पनि आफू जानकार रहेको पनि तर्क गरे ।

उनले पूँजीगत लाभकरको देखिएको विवाद केही समयमा नै निष्कर्शमा पुग्ने समेत जानकारी गराए । त्यो भन्दा पहिले पूँजीबजार निकाय निकाय धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) जवाफदेही हुनुपर्ने बताए ।

उनीहरु जिम्मेवार हुनुपर्ने निकाय समयमा नै जिम्मेवार नहुँदा अर्थमन्त्रालय नै नियमक निकाय हो कि जस्तो देखिएको बताए ।

आगामी दिनमा नियामक निकायले नियामकको काम गरेको खण्डमा त्यो दिन नआउने र आउन पनि दिन नहुने दाबी गरे ।


पुष्प दुलाल