हुण्डाई भेन्यू: टेस्ट ड्राइभ मै बेस्ट ड्राइभ (भिडियोसहित)



काठमाडौं । हालै नेपाली बजारमा सार्वजनिक हुन्डाईको नयाँ मोडेल ‘भेन्यू’ले बजार तताएको छ ।

प्रिमियम लेभलको नयाँ कार बजारमा आएपछि उपभोक्ताहरु गत शनिबार गोकर्णस्थित गोकर्ण रिसोर्टमा टेस्ट ड्राइभ गर्न पुगे ।

शनिबारको दिन । शहरको व्यस्त दैनिकीलाई थाँती राख्दै ‘भेन्यू’का लागि रिसोर्ट पुगेका अधिकांशले टेस्ट ड्राइभमै भेन्यूलाई मन पराए ।

एसीको टेम्प्रेचरसमेत उक्त मनिटरमा देख्न सकिन्छ र अटो कन्ट्रोल छ । जसले मौसमअनुसार चाहिने तातो चिसोपन आफैं ‘एडजस्ट’ गरिदिन्छ ।

भेन्यूको आकर्षण यतिसम्म कि गोकर्ण फरेष्ट रिर्सोटको पार्किङ लट भेन्यूका सम्भावित ग्राहकको सवारीले भरिए ।

पार्किङ क्षेत्र विभिन्न कम्पनीका गाडीहरुले भरिभराउ थियो । भरिभराउ पार्किङमा भेन्यूका ६ वटा गाडी पनि थिए । जसमा सबै उपभोक्ताको नजर अडिएको थियो ।

सडकमा कहिल्यै नदेखिएका नयाँ गाडी, छुँदा दाग लाग्ने जस्ता, हेर्दै चढौँ चढौँ लाग्ने गाडीले धेरैको मन लोभ्यायो ।

हुण्डाईको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले आयोजना गरेको कार्यक्रममा उपभोक्ताहरुले पालैपालो टेस्ट ड्राइभ गरे ।

हिलो, खाल्डो र चिल्लो बाटोमा गाडी गुडाए । गाडीले जस्तोसुकै बाटोमा पनि चलाउन सक्ने राम्रो पिक अप भएको संकेत दिँदा उपभोक्ताले गाडीलाई मन पराए ।

एलईडी टेललाइट, डाइमन्ड–कट आयल ह्विल भएको भेन्यूको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाइ छ भने, ह्विलबेस २५०० एमएम छ ।

यो आकारमा बनेको हुन्डाई भेन्युलाई निकै आकर्षक बनाएको रहेछ ।

गाडीमा सनरुफ हुनु कुनै नौलो विशेषता भने होइन । तर फुल लोडेड हुन्डाई भेन्युमा रहेको सनरुफ अन्य गाडीमा भएको सनरुफ भन्दा निकै आकर्षक देखिन्छ ।

भेन्युमा रहेको लेदर र्याप स्टेरिङले गाडी चलाउन निकै सहज बनाउँछ । स्टेरिङ मल्टिफङसन सिस्टममा बनाइएकाले स्टेरिङबाटै धेरै कुरा कन्ट्रोल गर्न निकै सजिलो छ ।

वायरलेस चार्जिङको सुविधा पनि गाडीलाई थप राम्रो बनाएको छ । भेन्युमा रहेको ब्लु लिंक कनेक्टिभिटी मूख्य विशेषताहरुमध्ये एक हो । रेयर एसी भेन्ट र पार्किङ क्यामराले गाडी चालकलाई निकै सहज बनाउँछ ।

वरिपरी डीआरएल भएको क्युव सेपको हेडलाइट पनि गाडीलाई राम्रो देखाउन निकै सहयागी बनेको छ । गाडीको फ्रन्टमा रहेको प्रोजेक्टर फगलाइट समेत निकै युनिक छ ।

नेपालमा गाडी सार्वजनिक गर्दा विक्रेताका तर्फबाट दाबीका साथ भनिएको थियो- ‘गाडी खरिद गर्ने ग्राहकको लगानी खेर जाँदैन ।’ तर सबै गाडी कम्पनीको दाबी यस्तै हुने हुँदा साझा दाबी लागेको थियो ।

तर टेस्ट ड्राइभ गरेपछि हुण्डाई भेन्युमाथिको यो दाबी भने सत्य सावित भएको छ ।

नेपाल भित्रिएका ३ मोडलमध्ये अटोमेटिक सिस्टम भएको गाडीले धेरैको मन तान्यो । त्यसमा भएको अटोमेटिक सिस्टमले क्लच, एक्सिलेटर र ब्रेक भ्याउनुपर्ने खुट्टाले एक्सिलेटर र ब्रेक चलाएमात्र पुग्छ जसले गर्दा गाडी चलाउन फुल कन्फिडेन्स नभएका चालकहरुका लागि निकै सहज बनाउँछ ।

अफरोड र फ्यामली ड्राइभका लागि गाडी निकै सहज छ । किनकि यसमा रहेको बुट स्पेसपनि निकै राम्रो तरिकाले व्यवस्थापन गरिएको छ । यात्रु र सामान दुबै व्यवस्थापन हुनका लागि निकै सहज तरिकाले निर्माण गरिएको छ ।

त्यसैगरी मनोरञ्जन र अन्य कामका लागि राखिएको ८ इञ्चको टचस्क्रिन मनिटर पनि निकै आकर्षक र बहुउपयोगी छ । जसमा आइपिएस डिस्प्ले हुन्छ ।

उक्त मनिटरमा ब्याक क्यामेरा, सेन्सर, एप्पल कार प्ले, एन्ड्रोइड प्ले, रेयर भ्यु मनिटरलगायत धेरै कुरा समेटिएको छ ।

एसीको टेम्प्रेचरसमेत उक्त मनिटरमा देख्न सकिन्छ र अटो कन्ट्रोल छ । जसले मौसमअनुसार चाहिने तातो चिसोपन आफैं ‘एडजस्ट’ गरिदिन्छ ।

भेन्यु गाडीमा डिजिटल डिस्प्लेको पोजिसन समेत युनिक रहेको छ ।

टेस्ट ड्राइभ गरिएका यी मोडलका गाडी नाडा अटो शोका आकर्षणमध्येका एक हुने अनुमान गरिएको छ ।

भेन्युमा रहेको लेदर र्याप स्टेरिङले गाडी चलाउन निकै सहज बनाउँछ । स्टेरिङ मल्टिफङसन सिस्टममा बनाइएकाले स्टेरिङबाटै धेरै कुरा कन्ट्रोल गर्न निकै सजिलो छ ।

क्रुुज कन्ट्रोल, म्युजिक कन्ट्रोल, भ्वाइस कमाण्डलगायतका फङसन स्टेरिङमै रहेकाले गाडी चलाउने क्रममा यी विशेषताहरु सहजरुपमा प्रयोग गर्न मिल्यो ।

५ वटा सिट क्षमता रहेको भेन्युका सिट पनि निकै आरामदायी छन् । बकेट टाइपमा बनाइएका सिटहरुले शरीरलाई मजाले र्याप गरिदिने हुँदा लामो दुरीको यात्राका गर्दा पनि थकाइ कम हुने देखिन्छ ।

नेपाल भित्रिएका ३ मोडलमध्ये अटोमेटिक सिस्टम भएको गाडीले धेरैको मन तान्यो । त्यसमा भएको अटोमेटिक सिस्टमले क्लच, एक्सिलेटर र ब्रेक भ्याउनुपर्ने खुट्टाले एक्सिलेटर र ब्रेक चलाएमात्र पुग्छ जसले गर्दा गाडी चलाउन फुल कन्फिडेन्स नभएका चालकहरुका लागि निकै सहज बनाउँछ ।

टेस्ट ड्राइभ गरिएका यी मोडलका गाडी नाडा अटो शोका आकर्षणमध्येका एक हुने अनुमान गरिएको छ । कम्पनीले गाडीको मूल्य ३४ लाख ९६ हजार रुपैयाँदेखि ५६ लाख रुपैयाँसम्म तोकेको छ ।


पुष्प दुलाल