नाडा अटो शोमा टाटाका गाडी किन्दा अविश्वसनीय अफर
काठमाडौं । नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो २०१९ मा टाटा मोटर्सका गाडीहरू खरिद गर्ने ग्राहकहरूका लागि विशेष र अविश्वसनीय अफरहरू ल्याएको छ ।
भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा मंगलबार बाट ६ दिनसम्म चल्ने नाडा अटो शो काे १४ औं संस्करणमा टाटा एच फाइभ, टाटा एनआरजी, टाटा टिगोर, टाटा टियागो र टाटा नेक्सन बिक्रीमा राखिने सिप्रदीले जनाएको छ ।
नाडा अटो शोमार्फत टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । सिप्रदीले ल्याएको योजना अनुरूप नाडा अटो शोमा राखिएका टाटाका जुनसुकै गाडी किन्ने ग्राहकहरूले प्रत्येक गाडीको खरिदमा विदेश भ्रमण, नगद छुट र स्योर सट पुरस्कार जित्नेछन भने लक्की ड्रमा समेत सहभागी हुन पाउनेछन् ।
नाडा अटो शोमा टाटाका जुनसुकै गाडीहरु बुकिङ गर्ने प्रत्येक ग्राहकले विदेश भ्रमणमा एक जोडीका लागि दुबई भ्रमणका साथमा बुर्ज अल अरबमा डिनर तथा वाटर प्लेन फ्लाईटको मजा लिन पाउनेछन् । यस्तै एक वर्ष बराबरको सडक कर छुटका साथै नगद छुट पनि पाउनेछन् । त्यस्तै स्योर सट पुरस्कार अन्तर्गत टाटाका गाडीहरू बुकिङ गर्ने प्रत्येक ग्राहकहरूले बुकिङ गरेपछि तथा नाडा अटो शोमा गाडीहरू डेलिभरी गर्ने बेलामा आईफोन एक्सआर फोन प्राप्त गर्न सक्नेछन् । त्यस्तै नाडा अटो शोमा टाटका गाडीहरू बुकिङ गर्ने ग्राहकहरूमध्ये लक्की ड्र मार्फत एकजनाले ५५ ईन्चको स्काइवर्थ स्मार्ट टेलिभिजन जित्नेछन् ।
४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा मोटर्स कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ४५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो । इन्जिनियरिङ तथा प्रविधिद्वारा संचालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटसर्् भारतीय बजारमा कमर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक ब्रिकी गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ ।