घर र गाडी खरिदको कर्जा राष्ट्र बैंकले गर्यो कडाई, आम्दानी रेसियो नमिले कर्जा नदिने



काठमाडौं । अबदेखि घर र गाडी खरिद गर्दा प्रवाह हुने कर्जामा व्यक्तिको आम्दानीलाई मूल्यांकन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकले घर र गाडी खरिदको कर्जा सिमालाई यथावत राखेपनि दिने प्रक्रियामा कडाई गरेको हो ।

व्यक्तिगत प्रकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जा लगायतका किस्ता भुक्तानीमा आधारित गैर–व्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपात(डिटिआई)को अधित्तक सिमा कायम गर्ने व्यवस्थ राष्ट्र बैंकले तोकेको छ ।

यदी कुनै व्यक्तिको मासिक आम्दानी ५० हजार छ भने उसले मासिक रुपमा इमएआई ३० हजार तिर्न सक्दैन । कति आम्दानी हुने व्यक्तिले कति इएमआई तिर्न सक्छ त्यो अनुसारको सिमा राष्ट्र बैंकले निर्देशिका मार्फत तोक्ने छ ।

अहिले निश्चित रकमसम्मको आम्दानी देखाएमा मात्र यस्तो खाले कर्जा पाउने व्यवस्था थियो । राष्ट्र बैंकले घुमाउरो पारामा घर र गाडी खरिद कर्जामा कडाई गरेको छ ।


क्लिकमान्डु