यती एयरलाइन्सले साढे ४ अर्ब ऋण लिन गरायो रेटिङ



काठमाडौं । निजी क्षेत्रको विमानसेवा कम्पनी यती एयरलाइन्सको आम्दानी पछिल्लो तीनवर्षमा भने ७१ प्रतिशतले बढाएको थियो ।

यती एयरलाइन्सले १ अर्ब ८२ करोड रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१८ को अन्त्यमा ३ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले सन् २०१७ मा २ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको गरेको थियो ।

सन् २०१९ को ६ महिनामा कम्पनीले १ अर्ब ७८ करोड आम्दानी गरेको जनाएको छ ।

कम्पनीले सन् २०१८ मा गरेको आम्दानीमा ४१ प्रतिशत आम्दानी काठमाडौ पोखरा उडानबाट कमाएको छ । काठमाडौं पोखरा उडानबाट यती एयरलाइन्सले १ अर्ब २८ करोड रुपैयाँ कमाएको थियो ।

यती एयरलाइन्सले सन् २०१८ मा कमाएको रकममा ३५ प्रतिशत आम्दानी अमेरिकी डलरमा हुने कारोबारमा गरेको थियो । नेपाली एयरलाइन्स कम्पनीले विदेशीलाई अमेरिकी डलरमा भाडा लगाउने गर्छन् । यतीले आन्तरिक वायुसेवामा २४ प्रतिशत बजार हिस्सा लिएको छ ।

यती एयरलाइन्सले व्यवसायको विस्तारको लागि साढे ४ अर्ब रुपैयाँ ऋण लागि रेटिङ गराएको छ ।
यती एयरलाइन्सले नेपाली मुद्रामा २ अर्ब ८४ करोड रुपैयाँ र अमेरिकी डलरमा १ करोड ६० लाख ऋण लिन लागेको हो ।

इक्रा रेटिङ एजेन्सीका अनुसार यती एयरवेयजलाई विदेशी मुद्रामा आउने उतारचढावको जोखिम रहेको छ । हवाई क्षेत्रमा बढेका कम्पनीले मूल्यमा भएको प्रतिस्पर्धा जोखिमको रुपमा देखिएको इक्राले जनाएको छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको हुँदा पर्यटनको आगमन बढ्ने हुँदा हवाई कम्पनीको व्यवसाय बढ्ने प्रक्षेपण इक्राको छ ।

सन् २००२ देखि नेपालको हवाई क्षेत्रमा प्रवेश गरेको यती एयरलायन्स ८ वटा रुटमा उडान गर्दै आएको छ । माउन्टेन्ट फ्लाइट पनि दैनिक रुपमा उडान गर्छ ।

कम्पनीसँग ५ वटा जेट स्ट्रिम र ४ वटा एटिआर विमान रहेको छ । यतीले अब तारा एयरलाई एक्वाएर गर्ने प्रक्रियामा रहेको छ । तारा एयरलाइन्सपनि यती एयरलाइन्सको सहायक कम्पनी हो ।

कम्पनीको अध्यक्षमा अहिले लाक्पा सोनाम शेर्पा रहेका छन् भने प्रवन्ध निर्देशकमा चन्दा शेर्पा रहेकी छन् । कम्पनी संस्थापक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा गतवर्ष निधन भएको थियो ।

यती एयरलाइन्सको आम्दानीको समाचारको शिर्षक यसअघि गलत भएको हुँदा हटाइएको छ, यसबाट कम्पनीलाई पर्न गएको असरप्रति हामी क्षमाप्राथी छौ : सम्पादक


क्लिकमान्डु